English

योगेश भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नेकपा एमालेका युवा नेता योगेश भट्टराई पुस्तक प्रेमी व्यक्ति हुन् । फुर्सदको समयमा उनलाई पुस्तक पढ्न असाध्यै मन पर्छ । त्यसो त उनले थुप्रै राम्रा पुस्तक पढिसकेका छन् । तिनैमध्ये उनलाई मन पर्ने ३ पुस्तक यस्ता छन् ः

आमा

म्याक्सिम गोर्कीको आमा मैले पढेका पुस्तक मध्ये असाध्यै मन परेको पुस्तक हो । यो पुस्तक संसारको अनगिन्ती भाषाहरुमा अनुवाद गरिएको छ । उपन्यासभित्र बुनिएको कथानकको केन्द्रीय उद्देश्य समाजवादी आन्दोलनलाई उकास्न खोजेको देखिन्छ । समाज परिवर्तन गरी समानता, स्वतन्त्रता तथा अधिकार प्राप्तिका लागि विद्रोह गर्ने सचेतना जगाउने कुरा यसमा पाइन्छ । यो एउटा ऐतिहासिक पुस्तक हो ।

गौरी

राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित ‘गौरी’ पनि मलाई मन पर्ने पुस्तक भित्र पर्छ । गौरी उपन्यास महिला उत्पीडन र बहादुरी को एक अद्भूत कथा हो । मानिसले आफ्नो जीवनकाल भरमा कति संघर्ष गर्छ भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको छ । यो एउटा प्रेरणादायी पुस्तक हो ।

जीवाणूदेखि मानवसम्म

मोदनाथ प्रश्रितको जिवाणूदेखि मानवसम्म पुस्तक मानव स्वभाव, विकास र कर्तव्यसँग सम्बन्धित छ । पुस्तकमा मानव जातीले जीवनकालभरमा गर्ने संर्घषको बारेमा चर्चा गरिएको छ । मैले पढेका पुस्तकहरु मध्ये यो पुस्तक उत्कृष्ट भित्रपर्छ । यो पुस्तक पनि एउटा ऐतिहासिक पुस्तक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested