English

राजाराजेन्द्र भन्छन्– ‘१२ बजेयता सुत्ने बानी छैन’



हास्यव्यंग्य क्षेत्रमा छुट्टै पहिचान बनाएका कलाकार हुन् – राजाराजेन्द्र पोखरेल । दर्जनौँ ख्याती प्राप्त व्यक्तिहरुको क्यारिकेचर गर्न सक्ने खुबी उनमा छ । यति मात्र नभएर उनले केही गीतमा स्वर पनि भरेका छन् । यिनै बहुप्रतिभाका धनी पोखरेलसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ताः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

८ देखि ९ बजेभित्र खाइसक्छु ।

खानामा के खानुहुन्छ ?

दाल–भात–तरकारी नै खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

सुत्दा १२ बज्छ ।

त्यति रातिसम्म के गर्नु हुन्छ ?

कमेडीको लागि कन्टेन्टहरु लेख्छु । राति १० बजेपछि आईडिया आउँछ, त्यो मेरो बानी नै छ ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

रेष्टरुम जान्छु र पानी खान्छु ।

सिरानी कता पार्नुहुन्छ ?

दक्षिण पार्छु ।

के लगाएर सुत्नुहुन्छ ?

टि–सर्ट र हाप पेन्ट लगाएर सुत्छु ।

रक्सी खाने बानी छ, कि छैन ?

छैन, कहिले कहीँ चिया खान्छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

विवाहितका लागि यो प्रश्न अप्ठ्यारो भयो । विवाहितहरुले राति सुत्नु अघि नियमित गर्ने काम के हुन सक्छ र ?

श्रीमतीको कुन साइटमा सुत्नु हुन्छ ?

दाहिने साइटमा सुत्छु ।

सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?

आजभोलि त्यति सपना देख्दिन ।

निद्रा लागेन भने के गर्नुहुन्छ ?

केही कुरा मनमा खेलिरहेमा निद्रा नलाग्ने हुन्छ । ती कुराहरु लेख्छु । कहिले काँही गीत पनि सुन्छु ।

अचानक निद्रा खुल्यो भने के गर्नुहुन्छ ?

सितिमिती निद्रा खुल्दैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested