English

यी हुन् आकर्षक देखाउने पाँच चीज

पाँच सामग्रीले तपाईंको लुक्सलाई बनाउँछ आकर्षक


औपचारिक कार्यक्रममा आफ्नो लुक्सलाई आकर्षक र स्टाइलिस बनाउने हरेकको चाहना हुन्छ । तर सबैसंग प्रत्येक कार्यक्रमका लागि नयाँ–नयाँ ड्रेस नहुन सक्छ । तर तपाईसंग यी पाँच सामाग्री हुन जरुरी छ, जसले तपाईंको लुक्स आकर्षक, स्टाइलिस र स्मार्ट बनाउन सहयोग गर्छ ।

सेतो रंगको शर्टः

सेतो रंगको बटन–डाउन शर्टले राम्रो लुक्स दिन्छ । तपाईले यो शर्ट लगाएर इन्टरभ्यु र अफिसियल काममा सहभागी हुुन सक्नु हुन्छ । यो शर्टलाई तपाईंले फर्मल ट्राउजरसंग लगाउन सक्नु हुन्छ । सेतो शर्ट जिन्ससंग लगाउँदा झनै आकर्षक देखिन्छ ।

लिटिल ब्लक ड्रेसः

लिटिल ब्लक ड्रेस आफैमा क्लासिक पिस हो । यो ड्रेसमा तपाईंले औपचारिक बैठकको लागि लगाउन प्रयोग गर्न सक्नु हुन्छ । यदि यो ड्रेसमा तपाई थप आकर्षक र स्टाइलिस देखिन चाहनु हुन्छ भने स्टेटमेन्ट गहनाहरू प्रयोग गर्न सक्नु हुन्छ ।

सनग्लासः

सनग्लास तपाईसंग पक्कै होला । कैट आई, ओभर–साइजको वा तपाईंको अनुहारमा सुहाउने किसिमको । तपाईं कतै बाहिर जाँदै हुनुहुन्छ भने यो बोक्न नबिर्सिनु होला । खासगरी तपाईको निन्द्रा नपुगेको अवस्थामा सनग्लास लगाउन सक्नु हुन्छ, जसले तपाईंको लुक्स स्टाइलिस बनाउन सघाउँछ ।

सेतो स्नीकरः

सेतो स्नीकर प्रायःसंग हुन्छ । तपाईंसंग पनि पक्कै होला । यो स्नीकर तपाईको लागि सबै आउटफिट ड्रेससंग लगाउन सक्नु हुन्छ । यो स्नीकरले तपाईको लुक्स थप आकर्षक बनाउँछ ।

हाते घडीः

मोवाइलको प्रयोगले हाते घडीे हराउन थालेको छ । तर, हाते घडीे पनि लुक्स थप आकर्षक बनाउने सामग्री मध्ये एक हो । तपाईं कुनै किसिमको ड्रेससंग हाते घडी लगाउन सक्नु हुन्छ । तपाईंलाई हातमा कुनै गहना लगाउन मन छैन भने हाते घडी लगाउन सक्नु हुन्छ । तपाईंले घडी आउटफिट ड्रेसमा लगाउन सक्नु हुन्छ, जसले तपाईको लुक्स थप स्मार्ट बनाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested