English

गुड नाइट– ‘निद्रा नलागे किताब पढ्छु’



नेपाली सिने नगरीका चर्चित अभिनेता हुन्– बुद्धी तामाङ । उनलाई चिनाउने ‘हैट’ थेगो नै काफी छ । उनको यो थेगोले दर्शक माझ बेग्लै छाप राखेको छ । चलचित्र, टेलिशृङ्खला र विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका तामाङसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ताः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

खाना ११ बजे भित्र खाइसक्छु ।

के खानुहुन्छ ?

मलाई भात अनिवार्य चहिन्छ, अरु त तरकारीको झोल भए पनि हुन्छ ।

कति बजे सुत्नुहुन्छ ?

११ बजे सुत्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

बत्ति निभाउँछु ।

सिरानी कता पार्नुहुन्छ ?

पूर्व ।

के लगाएर सुत्नुहुन्छ ?

कट्टु र गन्जी ।

रक्सी खाने बानी छ, कि छैन ?

छैन, हर्बल चिया खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

नियमित एउटै खालको काम हुँदैन । अर्को दिनको काममा भरपर्छ ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी ।

सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?

देख्छु ।

कस्ता खालका सपना देख्नु हुन्छ ?

फरक–फरक खालका देख्छु । ३० प्रतिशत सपना याद हुन्छ ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

किताब पढ्छु ।

अचानक निन्द्रा खुल्यो भने के गर्नुहुन्छ ?

सुत्ने प्रयास गर्छु । निन्द्रा परेन भने आँखा बन्दा गरेर मनमा कुरा खेलाएर बस्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested