English

एपेन्डिसाइटिस: कारण, लक्षण र बच्ने उपाय



पेट दुख्दा खासै केही होइन भनेर हामी बेवास्ता गर्न सक्छौँ । तर, यस्तो गर्नु खतरा हुन सक्छ । किनकि यस्तै सामान्य पेट दुख्दादुख्दै पछि एपेन्डिक्स समेत हुनसक्छ । पेन्डिक्स एउटा सानो, औंला आकारको ट्यूबलर संरचना हो जुन ठूलो पेटको तल्लो पेटको दायाँपट्टि अवस्थित हुन्छ । जब ब्याक्टेरियाबाट संक्रमित हुन्छ वा अवरोधको कारण, एपेन्डिक्सक बिस्तारै फुल्छ र भरिन्छ ।

यदि समयमै उपचार नगराएमा एपेन्डिक्सले संक्रामक सामग्रीहरू पेट र रगतमा पनि फैलाउन सक्छ । तसर्थ, एपेन्डिसाइटिस बिरामीले बिग्रनु अघि आपतकालिन हेरविचार गर्नु पर्छ । एपेन्डिक्सको समस्या जो कोहिलाई पनि हुन सक्छ तर विशेष । १० देखि ३० वर्ष उमेर समुहलाई यो समस्या हुन सक्छ र पुरुषको तुलनामा महिलामा यो समस्या बढि देखिन्छ । एपेन्डिसाइटिसको कारण र लक्षण र बच्ने उपायको विषयमा जन्रल सर्जन डा. पवन कुमार शाहको सुझाव यस्तो छ :

कारण
एपेन्डिक्सकमा सुन्निनुको कारण धेरै केसहरूमा थाहा नहुन सक्छ । यद्यपि, केहि केसहरूमा यो कडा मल र अपच खाने कारणहरूद्वारा एपेन्डिक्सको लुमेनको रोकावटको कारणले हुने गर्छ । एक पटक अवरोध भएमा ब्याक्टेरियाले एपेन्डिक्सकमा आक्रमण गर्दछ र सुन्निन शुरू हुन्छ ।


लक्षण
– पेट दुख्ने
– पीडा सुरुमा नाभि वरिपरि सुरु हुन्छ र तल्लो पेटको दायाँ तिर स्थानीयकरण हुने
– बान्ता
– पेट सुन्निने
– ज्वरो
– कब्जियत वा पखाला
– बारम्बार पिसाब गर्ने

एपेन्डिक्सक फुटिएको छ भने, यस्ता लक्षण देखिन्छन्
– गम्भीर दुखाई जो सम्पूर्ण पेटमा फैलिन्छ
– हल्का हलचलको साथ दुखाइ बढ्छ
– ढाड वरिपरी पीडा महसुस हुन सक्छ


उपचार
– लक्षणहरु देखिने बित्तिकै अस्पताल गएर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ
– यदि एपेन्डिक्स फुटेको छ भने तुरुन्त अपरेशन गर्नु पर्छ
– यदि अवस्था सामान्य छ भने निगरानीमा राखेर एन्टिबायोटिक दिइन्छ तर प्राय जसो अवस्थामा शल्लेक्रियाबाट उपचार गरिन्छ ।


बच्ने उपाय
– सुगर र प्रेसरको बिरामीहरुमा यस्तो समस्या देखिने सम्भावना हुने भएकोले उनीहरुले आफ्नो सुगर प्रेसरलाई कन्ट्रोल गर्नु पर्छ ।
– बालबालीकामा पनि यो समस्या देखिन सक्ने भएकोले बालबालीकाको इम्यिुनिटि सिस्टम बढाउनको लागि पौष्टिक आहार खान दिनु पर्छ ।
– बाहिरको खानेकुरा जंकफुडहरुको सेवनले पनि यो समस्या हुन सक्छ त्यसैले जंकफुडहरु खानु हुँदैन ।
– प्रसस्त मात्रामा पानी पिउनु पर्छ र हरियो सागब्जि र फलफुल खाने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।