English

यी हुन् जन्डिस हुनुको कारण, कसरी बच्ने ?



जन्डिस आफैँमा रोग होइन । तर, रगतको रोग र कलेजोको रोगले गर्दा बिशेष गरि जन्डिस देखा पर्दछ । धेरै अवस्थामा यो कलेजोसम्बन्धि रोगको लक्षण हो । जसरी ज्वरो आफैमा एउटा रोग होइन, त्यस्तै कलेजो सुन्नेको या कलेजोमा असर छ कि भनेर बुझ्नु पर्छ । पित्तथैलीमा पत्थरी हुँदा पनि जन्डिस देखिन सक्छ्र ।

जन्डिसले शरीरमा असामान्य तरिकाले पहेँलोपन ल्याउने भएकाले यसलाई रोगको संज्ञा दिने गरेको पाइन्छ । विशेषगरी, रगतमा विलिरुबिनको मात्रा बढी भएमा आँखा, छाला र मुख पहेँलो हुन्छ । त्यसैलाई जन्डिस भएको मानिन्छ । त्यसैले जन्डिस हुनुको कारणहरु के–के हुन् ? र, यसबाट कसरी बच्ने ? लगायतका विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईको सुझाव यस्तो छ :

कारण

– हेपाटाइटिस ए, ई
– कलेजो रोग
– हेपाटाइटिस बी,सी
– फिल्टर नगरिएको तथा नउमालेको पानी
– पित्तथैलीमा पत्थरी
– रक्सी सेवन

लक्षण

– खान मन नलाग्ने
– बान्ता हुने
– मुख नमीठो हुने
– कमजोरी
– पहेँलो पिसाब आउने
– आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने

बच्ने उपाय

– पानी उमालेर तथा फिल्टर गरेर मात्र पिउने
– मद्यपान नगर्ने
– खाना बनाउनु, खानुअघि साबुन पानीले राम्ररी हात धुने
– जंकफुड नखाने
– नियमित बिहान बेलुका खाने दाल भात तरकारी खाने
– चिल्लो, पिरो, अमिलो तथा माछामासु कम खाने

ध्यान दिनु पर्ने कुराहरु

– हाम्रो समाजमा जन्डिसलाई लिएर विभिन्न भ्रममहरु व्यापत छन् : जस्तो कि बेसार खाएर जन्डिस बढ्छ , नुन खानु हुन्न , जे पनि उमालेको खाने आदि गरिन्छ । जसले गर्दा बिरामी कमजोर भएको हुन्छ । पौष्टिक आहार पुगेन भने बिरामी झन् कमजोर हुन्छ । त्यसैले पौष्टिक खाना दिनुपर्छ ।
– कतिपटक त यो नखाने त्यो नखाने गरेर बिरामीले पौष्टिक तत्व नै पाउँदैन । जन्डिसले भन्दानि खाना नपाएर बिरामी कमजोर, दुब्लो हुन्छन् । धेरै पटक ग्यास्टिक, अल्सर भएर पनि आउने गर्छन् ।
– जन्डिस भएको बेला मुख नमिठो हुने भएकोले खाना रुच्दैन जसले गर्दा बिरामी कमजोर हुन्छ । त्यसैले शरीरमा तागतको कमी हुन नदिन ग्लुकोज पानी, फलफूलको रस प्रसस्त मात्रामा खानुपर्छ । उखु र मेवा जस्ता फलफुलहरु नै खान दिनुपर्छ भन्ने होइन तर सिजनेबल फलफूल भने खानुपर्छ ।
– नियमित बिहान बेलुका खाने दाल भात खान मिल्छ । तरकारी बनाउनको लागि थोरै तेलको प्रयोग गर्न पनि मिल्छ । तर, फ्राई गरेको, तेलमा तारेको, प्याकेट फुड जंकफुडहरु खानु हुँदैन ।
– जन्डिस के कारणले भएको हो भन्ने पत्ता लगाउन जरुरी छ । जन्डिसको लक्षण मात्र भएकाले सम्बन्धित रोगको उपचार गर्दा यो आफैँ निको हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested