English

यी हुन् जन्डिस हुनुको कारण, कसरी बच्ने ?



जन्डिस आफैँमा रोग होइन । तर, रगतको रोग र कलेजोको रोगले गर्दा बिशेष गरि जन्डिस देखा पर्दछ । धेरै अवस्थामा यो कलेजोसम्बन्धि रोगको लक्षण हो । जसरी ज्वरो आफैमा एउटा रोग होइन, त्यस्तै कलेजो सुन्नेको या कलेजोमा असर छ कि भनेर बुझ्नु पर्छ । पित्तथैलीमा पत्थरी हुँदा पनि जन्डिस देखिन सक्छ्र ।

जन्डिसले शरीरमा असामान्य तरिकाले पहेँलोपन ल्याउने भएकाले यसलाई रोगको संज्ञा दिने गरेको पाइन्छ । विशेषगरी, रगतमा विलिरुबिनको मात्रा बढी भएमा आँखा, छाला र मुख पहेँलो हुन्छ । त्यसैलाई जन्डिस भएको मानिन्छ । त्यसैले जन्डिस हुनुको कारणहरु के–के हुन् ? र, यसबाट कसरी बच्ने ? लगायतका विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईको सुझाव यस्तो छ :

कारण

– हेपाटाइटिस ए, ई
– कलेजो रोग
– हेपाटाइटिस बी,सी
– फिल्टर नगरिएको तथा नउमालेको पानी
– पित्तथैलीमा पत्थरी
– रक्सी सेवन

लक्षण

– खान मन नलाग्ने
– बान्ता हुने
– मुख नमीठो हुने
– कमजोरी
– पहेँलो पिसाब आउने
– आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने

बच्ने उपाय

– पानी उमालेर तथा फिल्टर गरेर मात्र पिउने
– मद्यपान नगर्ने
– खाना बनाउनु, खानुअघि साबुन पानीले राम्ररी हात धुने
– जंकफुड नखाने
– नियमित बिहान बेलुका खाने दाल भात तरकारी खाने
– चिल्लो, पिरो, अमिलो तथा माछामासु कम खाने

ध्यान दिनु पर्ने कुराहरु

– हाम्रो समाजमा जन्डिसलाई लिएर विभिन्न भ्रममहरु व्यापत छन् : जस्तो कि बेसार खाएर जन्डिस बढ्छ , नुन खानु हुन्न , जे पनि उमालेको खाने आदि गरिन्छ । जसले गर्दा बिरामी कमजोर भएको हुन्छ । पौष्टिक आहार पुगेन भने बिरामी झन् कमजोर हुन्छ । त्यसैले पौष्टिक खाना दिनुपर्छ ।
– कतिपटक त यो नखाने त्यो नखाने गरेर बिरामीले पौष्टिक तत्व नै पाउँदैन । जन्डिसले भन्दानि खाना नपाएर बिरामी कमजोर, दुब्लो हुन्छन् । धेरै पटक ग्यास्टिक, अल्सर भएर पनि आउने गर्छन् ।
– जन्डिस भएको बेला मुख नमिठो हुने भएकोले खाना रुच्दैन जसले गर्दा बिरामी कमजोर हुन्छ । त्यसैले शरीरमा तागतको कमी हुन नदिन ग्लुकोज पानी, फलफूलको रस प्रसस्त मात्रामा खानुपर्छ । उखु र मेवा जस्ता फलफुलहरु नै खान दिनुपर्छ भन्ने होइन तर सिजनेबल फलफूल भने खानुपर्छ ।
– नियमित बिहान बेलुका खाने दाल भात खान मिल्छ । तरकारी बनाउनको लागि थोरै तेलको प्रयोग गर्न पनि मिल्छ । तर, फ्राई गरेको, तेलमा तारेको, प्याकेट फुड जंकफुडहरु खानु हुँदैन ।
– जन्डिस के कारणले भएको हो भन्ने पत्ता लगाउन जरुरी छ । जन्डिसको लक्षण मात्र भएकाले सम्बन्धित रोगको उपचार गर्दा यो आफैँ निको हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली