English

हल खुल्यो तर, फिल्म चलाउन तयार छैनन् निर्माता



कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भदौ १६ गतेको बैठकले खुलाउने निर्णय गर्यो । यो निर्णयलाई चलचित्रकर्मीहरुले खुलेर स्वागत गरे । यद्यपि, दर्शक आउने हुन् कि होइनन् भन्न सकिने अवस्था छैन । अर्को कुरा कुन फिल्म चलाउने भन्ने एकिन नहुँदा नेपाली चलचित्र क्षेत्र अन्योल र दुविधामा छ ।

प्रदर्शनको तयारीमा ६३ चलचित्र कोरोना महामारकिा कारण ६३ वटा चलचित्र रोकिएका छन् । अब ति चलचित्रहरुको प्रदर्शन कसरी गर्ने कसरी अघि बढ्ने भन्ने विषयमा चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ र चलचित्र संघले छलफल गरिरहेको अधिकारीको भनाई छ ।

सरकारले काठमाडौँ उपत्यकामा मात्र फिल्म हल खोल्ने अनुमति दिएको हो । त्यसमा पनि ५० प्रतिशत मात्र दर्शक राख्न मिल्ने भनिएको छ । त्यसैले यस्तो अवस्थामा चलचित्र प्रदर्शन गर्दा लगानी नै नउठ्ने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । ‘अहिले फिल्म चलाउँदा लगानी नै उठ्दैन त्यहाँमाथि सरकारले ५० प्रतिशतमात्र दर्शक राख्नु भनेको छ,’ उनले भने, ‘२ वर्ष देखि प्रदर्शनको तयारीमा रहेर प्रदर्शन गर्न नपाएका चलचित्रलाई अहिले फेरि प्रदर्शनको तयारी गर्न प्रचार प्रसार गर्नै २० देखि ३० लाख रुपैयाँ खर्च लाग्छ, त्यसैले नेपालको सबै हलहरु खोल्ने अनुमति नदिएसम्म चलचित्र प्रदर्शन हुन गाह्रो छ ।’

यदि यस्तै अवस्थामा हल सञ्चालन गर्ने हो भने चलचित्र बनाउँदा लागेको बजेटको ५० प्रतिशत सरकारले बेहोर्ने माग चलचित्रकर्मीहरुको छ । साथै, नयाँ फिल्म सुटिङमा जानको लागि सरकारले २५ प्रतिशत सहयोग गरेमा छायाँकनमा जान सकिने अधिकारीको भनाई छ । ‘दशैँसम्ममा हलमा चलचित्र रिलिज गर्ने तयारीमा छौँ । कसरी अगाडि बढ्ने भन्ने बारे छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘ओटीटी प्लेटफर्ममा जाने तयारी पनि गरिरहेका छौँ अब बन्ने सिनेमा ओटिटिमा पनि प्रदर्शन गर्न मिल्ने क्वालिटीको बनाउनु पर्छ ।’

प्रदर्शनको तयारीमा ६३ चलचित्र कोरोना महामारकिा कारण ६३ वटा चलचित्र रोकिएका छन् । अब ति चलचित्रहरुको प्रदर्शन कसरी गर्ने कसरी अघि बढ्ने भन्ने विषयमा चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ र चलचित्र संघले छलफल गरिरहेको अधिकारीको भनाई छ ।

सरकारले काठमाडौँ उपत्यकामा मात्र फिल्म हल खोल्ने अनुमति दिएको हो । त्यसमा पनि ५० प्रतिशत मात्र दर्शक राख्न मिल्ने भनिएको छ । त्यसैले यस्तो अवस्थामा चलचित्र प्रदर्शन गर्दा लगानी नै नउठ्ने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्

पछिल्लो २ वर्ष चलचित्र क्षेत्रले धेरै घाटा व्यहोरेको छ । अहिले सरकारले फिल्म हल खोल्ने अनुमति दिए पनि हलसम्म दर्शक पुग्ने माहोल नभएको चलचित्र निर्देशक दिवाकर भट्टराई बताउँछन् । ‘राम्रो चलचित्र प्रदर्शन गर्न सकेको खण्डमा र स्वस्थ्य मापदण्डलाई विशेष ध्यान दिन सकेमा दशैँको माहोलमा भने हलमा दर्शकहरु पुग्ने आशा गर्न सकिन्छ,’ उनी भन्छन्, ‘पहिलो प्राथमिकता प्रदर्शनको लागि तयार भएर बसेका चलचित्रलाई नै दिनुपर्छ ।’

फिल्म हलसम्म दर्शक पुग्नको लागि अब नयाँ कथावस्तु र फिल्मको गुणस्तर पनि एकदमै राम्रो हुनुपर्ने उनको भनाई छ । ‘अहिले धेरै चलचित्र हलहरु बन्द भएका छन्,’ उनले भने, ‘हललाई चलायमान बनाउनको लागि गुणस्तरीयको फिल्मको खाँचो छ ।’ नेपाली फिल्मलाई ओटीटी पेल्टफर्ममा लैजाने बेला पनि आइसकेको छ । यदि हलको भरमा मात्र पर्ने हो भने नेपाली फिल्म क्षेत्र अझै तल झर्ने भट्टराईको दाबी छ । नयाँ फिल्म प्रदर्शन गर्ने माहोल अझै सिर्जना नभएको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् ।

सरकारले हल खोल्ने अनुमति दिए पनि हलहरु खुलेका छैनन् । त्यसैले नयाँ कन्टेन आउँछन् कि आउँदैनन् भन्ने दुविधा रहेको उनी सुनाउँछन् । ‘कुनै आकर्षक फिल्म चलाउन सकियो भने चाडबाडको बेला दर्शकहरु फिल्म हेर्न पुग्छन् कि, त्यसैले हाम्रो एउटा आशा भनेको नजिकिदै गरेको दशैँ र तिहार हो,’ उनी भन्छन्, ‘चाडबाडको बेलामा राम्रो चलचित्र ल्याउँदा यो क्षेत्रलाई लयमा फर्काउन सकिन्छ कि भन्ने आशामात्र हो ।’
तर, कसरी फिल्म रिलिज गर्ने भन्ने विषयमा निर्माताहरुको खाका तयार भएको छैन । त्यसैले यस्तो समयमा फिल्म चल्छ कि चल्दैन भन्ने परीक्षण गर्नका लागि फिल्म चलाउँदा पनि लगानी डुब्ने सम्भावना रहेकाले यो क्षेत्र अन्योलमा रहेको खनाल बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यकाको हलहरु खोल्ने अनुमति दिएको भए पनि अहिले चलचित्रकर्मीहरुबीच कुनै पनि निर्णय नभएको निर्माता तथा निर्देशक सुदर्शन थापा बताउँछन् । ‘यस विषयमा हाम्रो छलफल जारी छ केही निर्णय भएको खण्डमा प्रेसमिट गरेर हामी जानकारी दिन्छौँ,’ उनी भन्छन्, ‘हल खुले पनि दर्शक हलसम्म जाने माहोल सिर्जना भइसकेको छैन ।’

काठमाडौँ गंगबुस्थित इनि सिनेमाजका सञ्चालक रबिन कर्माचार्य हलवालाहरुले हल खोलेपनि निर्माताहरुले यतिबेला रिक्स लिन नचाहेकाले चलचित्र प्रदर्शन गर्न नपाएको बताउँछन् । २०७६ असोजदेखि संचालनमा आएको यो हल चैतबाटै बन्द भयो । बिचको समयमा केही समय खुल्यो तर, दर्शक भने नगण्य मात्रामा आएको उनले सुनाए । ‘अहिले त फिल्म नआएकोले नै हल बन्द गरेका हौ,’ उनले भने, ‘निर्माताले फिल्म दिए हामी तयारी अवस्थामा छौं ।’

सरकारले काठमाडौँ उपत्यकाको हलहरु खोल्ने अनुमति दिएको भए पनि अहिले चलचित्रकर्मीहरुबीच कुनै पनि निर्णय नभएको निर्माता तथा निर्देशक सुदर्शन थापा बताउँछन् । ‘यस विषयमा हाम्रो छलफल जारी छ केही निर्णय भएको खण्डमा प्रेसमिट गरेर हामी जानकारी दिन्छौँ,’ उनी भन्छन्, ‘हल खुले पनि दर्शक हलसम्म जाने माहोल सिर्जना भइसकेको छैन ।’

माहामारीले गर्दा बन्द भएका हलहरु खोल्ने सरकारको निर्णय त राम्रो हो तर काठमाडौँ उपत्यकामा मात्र हलहरु खोलेर चलचित्रको लगानी उठाउन गाह्रो पर्ने अभिनेता तथा निर्माता दिपकराज गिरी बताउँछन् । दशैँ नजिकिदैँ छ त्यसैले दशैँको अवसर पारेर केही राम्रो चलचित्र प्रदर्शन गर्न सकियो भने सुस्ताएको फिल्म क्षेत्र अघि बढ्छ कि भन्ने विषयमा छलफल भइरहेको उनले सुनाए ।

यो पनि पढ्नुहोस् :
नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?

८२ चलचित्र अलपत्र : ‘करोडौं लगानी, बालुवामा पानी’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,