English

यी हुन् प्यारालाइसिस हुनुको कारण, कसरी बच्ने ?



सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा शरीरको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने र मानिसको मृत्यु पनि हुन सक्छ ।
त्यसैले पक्षघात हुने कारणहरु के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा वीर अस्पतालका न्युरोलोजिष्ट डा.सुनिलराम कोइरालाको सुझाव यस्तो छ :

कस्तो व्यक्तिमा यसको सम्भावना हुन्छ ?

साधारणतया पक्षघात उमेर बढ्दै जाँदा हुन्छ । यद्यपि गहिरो चोटपटक लागेमा वा स्नायु प्रणालीमा समस्या भएमा यो जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । मुटु सम्बन्धि रोग, उच्च रक्तचाप, मधुमेहजस्ता रोगी र अत्याधिक धुम्रपान गर्ने व्यक्तिमा पक्षघात हुने सम्भावना अन्य व्यक्तिमा भन्दा बढी हुन्छ ।

कारण

– स्नायुप्रणालीमा हुने चोटपटक
– मधुमेह तथा उच्च रक्तचाप नियन्त्रण नगर्दा
– अत्यधिक धूम्रपान तथा मद्यपान
– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु
– तनावयुक्त जीवन

लक्षण

– शरीरका अंग चलाउन गाह्रो हुनु
– मुख चलाउन असहज हुनु
– स्पष्टसँग बोल्न नसक्ने
– मुख बाङ्गिने
– एक्कासी आँखा नदेख्नु

बच्ने उपाय

– जीवनशैलीमा सुधार गर्ने
– पर्याप्त शारीरिक व्यायाम गर्ने
– स्वस्थकर खानपिनको बानी अपनाउने
– धुम्रपान र मदिरा सेवन गर्ने खराब बानी त्याग्ने
– तनाव नलिने
– मोटोपन घटाउने

उपचार

पक्षघात भएमा सकेसम्म छिटो उपचार गर्नुपर्छ । जति चाँडोे समयमा उपचार गर्न सकियो त्यति नै उपलब्धिमूलक हुन्छ । पक्षघात हुनुको कारण पत्ता लगाएर यसको उपचार गरिन्छ ।
रगत सञ्चालन बन्द भएर पक्षघात भएमा ३ घन्टाभित्रमा अस्पताल ल्याइसक्नुपर्ने हुन्छ । पक्षघातको अवस्था हेरेर औषधि दिइन्छ र शल्यक्रियाबाट यसको उपचार गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested