English

कसरी छान्ने अनुहार सुहाउँदो सनग्लास ?



गर्मी सीजन शुरू भएको छ । यो सिजनमा हावाहुरी चल्ने भएकाले धुलोबाट बच्न हामीले सनग्लासको प्रयोग गर्छौं । तपाईले प्रयोग गर्ने सनग्लासले आँखालाई धुलोबाट बचाउनुका साथै तपाईको लुक्स स्टाइलिस बनाउँछ । तपाईलाई सुहाउने सनग्लास किन्न यी कुरा जानी राख्नुहोस् ।

–आँखाको सुरक्षाका लागि यूवी किरण प्रोटेक्सन भएको सनग्लासको किन्नु उचित हुन्छ । त्यसैले, बजारमा पाइने सनग्लासमा ९९ प्रतिशत यूवी किरण प्रोटेक्सन भएको खरिद गर्नुहोस्, जसले घामको विकिरणबाट तपाईको आँखालाई सुरक्षाका साथै तपाईलाई स्टाइलिस बनाउँछ ।

–तपाईले किन्ने सनग्लासको आकार तपाईको मुहार सुहाउँदो हुनुपर्छ । कुनै पनि सनग्लास छनौट गर्दा तपाईको आँखाको सानो साइज र ओभर साइज हुनु हुँदैन । यदि सनग्लासको साइज मिलेन भने तपाईको आँखामा असर पुर्याउन सक्छ । सनग्लासको आकार तपाईको आँखाको साईजसँग मिल्ने हुनुपर्छ । यसले तपाईलाई परफेक्ट स्टाइलिस लुक्स दिन्छ ।

–सनग्लास किन्दा रङमा पनि ध्यान दिनुपर्छ । तपाईले ड्राईभिङ गर्ने समयमा लगाउने चस्मा अरु समयमा लगाउन उपर्युक्त नहुन सक्छ । यसैगरी सिजनअनुसार चस्माको रङले पनि प्रभाव पर्दछ । जस्तै रातो र खैरौ रङको चस्मा चिसो मौसममा राम्रो हुन्छ । यसैगरी वर्षातको सिजनमा सुन्तला रंगको चस्मा राम्रो हुन्छ । गर्मी मौसममा कालो रङको चस्मा राम्रो मानिन्छ ।

अनुहारको आकारअनुसार सन्ग्लासको फ्रेम छनौट

आफ्नो अनुहारको आकारअनुसार सनग्लासको फ्रेम छनौट गर्न सक्नु भएन भने तपाईको पैसा नोक्सान हुनुका साथै तपाईको लुक्स पनि राम्रो देखिदैन ।

आफ्नो लुक्सलाई राम्रो बनाउन सनग्लासको फ्रेम यसरी छनौट गर्नुहोस्ः

गोलाकार वा गोलो अनुहार– गोलो अनुुहार साधारण आकार हो । यदि तपाईको अनुहार गोलाकार छ भने स्क्वायर वा चौडा फ्रेमको सनग्लास छनौट गर्नुहोस् । यो फ्रेमको सनग्लासमा तपाईको लुक्स राम्रो देखिन्छ । तपाईले ओभरसाइज चस्मा पनि लगाउन सक्नु हुन्छ ।

चौडा अनुहार– तपाईको अनुहार यदि चौडा छ भने सनग्लासको फ्रेम गोलाकार छनौट गर्नुहोस् । यसले तपाईको लुक्सलाई राम्रो देखाउँछ ।

अण्डाकार अनुहार– अण्डाकार अनुहार राम्रो आकारको अनुहार मानिन्छ । तपाईको अनुहार पनि अण्डाकार छ भने तपाईले सनग्लासको कुनैपनि फ्रेम छनौट गर्न सक्नु हुन्छ ।

मुटु आकार अनुहार – तपाईको अनुहारको आकार मुटु आकारको छ भने तपाईले मिडियम साइजको सनग्लासको फ्रेम छनौट गर्नुहोस् । यसले तपाइर्को लुक्सलाई राम्रो देखाउँछ ।

त्रिकोणाकार अनुहार– तपाईको अनुहारको आकार त्रिकोणाकार छ भने सनग्लास छनौट गर्दा ठूलो साइजको फ्रेमको छनौट गर्नुहोस् । तपाईको अनुहारमा ओभर साइजको सनग्लासको फ्रेम एकदमै राम्रो देखिनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested