English

कोरोना अपडेट : १,५११ सङ्क्रमित थपिए, १,६८९ जना निको



आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएको मध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ ।

यस्तै सक्रिय सङ्क्रमित २५ हजार ७७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । आज एक हजार ६८९ सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४५ हजार २१५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.८ जनाको कोरोनाले निधन हुने गरेको छ ।

हाल ४०७ जना सघन उपचार कक्ष(आईसियू), १२८ भेन्टिलेटर, २४ हजार २२२ होम आइसोलेसन, एक हजार ५५० संस्थागत आइसोलेसन र २२० जना क्वारेन्टिनमा रहेका छन् । आज एक लाख १० हजार ८९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जना र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested