English

फोक्सोलाई स्वस्थ राख्न के–के कुरामा ध्यान दिने ?



डा. नविनकुमार मिश्र, छाती रोग विशेषज्ञ

फोक्सोमा लाग्ने रोग र यसबाट कसरी जोगिन सकिन्छ भन्ने थाहा पाउन जरुरी हुन्छ । थोरै सावधानी अपनायौँ भने हामी फोक्सो सम्बन्धि रोगबाट बच्न सक्छौँ । फोक्सो खराब हुनुको अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

हाम्रो शरीरमा भएको प्रतिरक्षा प्रणालीले फोक्सो बचाउने काम गर्छ । अधिकांश समय यसले बाह्य फोहोरलाई फिल्टर गरी किटाणुहरु विरुद्ध लड्ने काम गर्दछ । त्यस्ता किटाणु तथा हानिकारक पदार्थले व्यक्तिको श्वासनलीमा क्षति पु¥याएमा प्रतिफल स्वरुप यसले फोक्सोको नियमित कार्यप्रणाली र क्षमतामा समेत हानी पु¥याउँछ । जसले कालान्तारमा फोक्सोको रोगसमेत निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसकारण हामीले फोक्सोको स्वास्थ्यमा उचित ध्यान दिनुपर्दछ ।

वर्तमान समयमा कोरोना संक्रमणको पनि जोखिम भएकोले यसबाट टाढा रहन शरीरलाई स्वस्थ राख्नु पर्छ । जसका लागि हाम्रो फोक्सोले राम्रोसँग काम गर्नु जरुरी छ । कोरोनाले हाम्रो फोक्सोमा आक्रमण गर्दछ, त्यसैले हामीले फोक्सोको विशेष ध्यान दिनुपर्छ । यसका लागि के–के कुरामा ध्यान दिने भन्ने विषयमा छाती रोग विशेषज्ञ डा. नविन कुमार मिश्रको सुझाव यस्तो छ :

ध्यान दिनुपर्ने कुराहरु

– धुम्रपान गर्ने व्यक्तिबाट समेत टाढा रहने
– धुलो–धुवाँजन्य वातावरणमा सकेसम्म नजाने वा जानैपर्ने अवस्था आए अनिवार्य मास्कको प्रयोग गर्ने
– शारीरिक रुपमा सक्रिय रहने र नियमित व्यायाम गर्ने
– पौष्टिक आहारको सेवन गर्ने
– बाहिर निस्कँदा धेरै हुलमुल हुने समयमा ननिस्किने
– कोरोना संक्रमणको कारणले पनि फोक्सोमा समस्या हुने भएकोले स्वास्थ्य मापदण्डलाई उचित रुपमा अनुशरण गर्ने
– नियमित स्वास्थ्य जाँच गराउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested