English

नेपालमा बढ्यो निपाह भाइरसको जोखिम, कसरी बच्ने ?



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

निपाह भाइरसका लक्षण

– ज्वरो आउने
– रिङ्गटा लाग्ने
– टाउको दुख्ने
– मांसपेशी दुख्ने
– वाकवाकी लाग्ने
– श्वासप्रश्वासमा कठिनाइ हुने
– टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ ।

कसरी बच्ने ?

– निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने
– तरकारी सकेसम्म पकाएर खाने
– गाईबस्तुको गोठ र फार्म सफा राख्ने
– मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
– सकेसम्म पानी उमालेर मात्र पिउने
– बेलाबेलामा साबुनपानीले हात धुने
– भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।

नेपालमा जोखिम

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । २०१८ मा दक्षिण भारतीय राज्य केरलामा निपाह भाइरसका कारण १२ जनाको मृत्यु भएको थियो । नेपालमा पनि धमाधम चाडबाड नजिकिँदै छ । अब भारतबाट कामदार नेपाल फर्कनेको लर्को लाग्छ साथै, दसैंका लागि पशु पनि नेपाल भित्राइने हुनाले यसको जोखिम बढ्ने देखिन्छ । त्यसैले समयमै सचेत रहन आग्रह गरिएको डा. पौडेलले जानकारी दिए ।

यो भाइरसको सन् १९९९ मा सिंगापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि सन् २०१८ मा भारतमा देखिएको थियो । डब्लुएचओका अनुसार यो भाइरसको अहिलेसम्म औषधि र खोपको विकास भएको छैन । यसको संक्रमणपछि बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested