English

दीपिका भन्छिन्– ‘निद्रा नलागे बेडमै मेडिटेसन गर्छु’



दीपिका प्रसाईं नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा स्थापित अभिनेत्री हुन् । डेब्यु चलचित्र ‘ऐश्वर्य’ बाटै राम्रो चर्चा बटुलेकी प्रसाईंले सोही चलचित्रबाट कामना फिल्म अवार्ड र एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी थिइन् । यो सँगै उनले चलचित्र ‘छक्का पञ्जा–३’ मा पनि अभिनय गरेकी थिइन् । तिनै अभिनेत्रीसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ता :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

आजभोलि डाइटिङमा छु । ४ बजेपछि केही खादिन । त्यसअघि दूध र फलफूल खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

१० बजेभित्र सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

मोबाइल चलाउँछु ।

मोबाइलमा के चलाउनु हुन्छ नि ?

सामाजिक सञ्जाल हेर्छु । समाचार फलो गर्छु ।

सिरानी कता पार्नुहुन्छ ?

पूर्व तिर छ ।

के लगाएर सुत्नुहुन्छ ?

नाइट ड्रेस लगाएर सुत्छु ।

श्रीमानको कुन साइडमा सुत्नुहुन्छ ?

बायाँतर्फ सुत्छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

आफूलाई सजिलो हुने ड्रेस लगाएर सुत्छु । मेकअप निकाल्छु, हातखुट्टा धोएर फ्रेस हुन्छु । नाइट क्रिम लगाउँछु ।

सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?

कहिलेकहीँ देख्छु ।

निद्रा लागेन भने के गर्नुहुन्छ ?

निद्रा लागेन भने बेडमै मेडिटेसन गर्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested