English

शरीरमा रगतको कमी छ ? खानुहोस् यी खानेकुरा जसले रगत बढाउँछ



रगतको कमीका कारण शरीरमा धेरै समस्या हुन सक्छ । लामो समयसम्म रगतको कमी भईरह्यो भने यसले गम्भीर रोग निम्त्याउन सक्छ । हेमोग्लोबिनको कमीले कमजोरी, चक्कर आउनु, अनिद्रा, थकान जस्ता समस्या देखिन सक्छ । शरीरमा रगतको कमीको कारणले शरीरमा पहेंलोपन, आँखाको मुनि कालो घेरा, कालो ओठ लगायतका समस्याहरु पनि देखिन सक्छ । यस्तो अवस्थामा आहारमा केहि विशेष कुराहरुलाई सामेल गरियो भने यो समस्या केहि दिनमा कम भएर जान्छ ।

टमाटर

यदि तपाई दैनिक टमाटरको सलाद वा तरकारी खानुहुन्छ भने यसले शरीरमा रगतको कमीलाई पूरा गर्न सक्छ । केही दिन बिहान ५ देखि ६ वटा टमाटरको ताजा रस पिउँदा यसको प्रभाव छिटो हुन्छ । यसलाई सूप बनाएर पनि पिउन सकिन्छ ।

चुकन्दर

यदि तपाईको शरीरमा रगतको कमीलाई छिटो पुरा गर्न चाहनु हुन्छ भने चुकन्दरलाई दैनिक सलादको रुपमा खान सक्नुहुन्छ । तपाई यसको जुस बनाएर पनि पिउन सक्नुहुन्छ । तपाईंलाई यस्को टेस्ट मन पर्दैन भने यसमा सख्खर मिसाउन सकिन्छ ।

पालुंगो

पालुंगोलाई हेमोग्लोबिन बढाउने उत्कृष्ट स्रोत मानिन्छ । यसमा भिटामिन ‘बी’ ‘ए’ ‘सी’ आइरन, क्याल्सियम र फाइबर आदि पाइन्छ । जसले शरीरमा रगत बढाउन मद्दत गर्छ ।

स्याउ

स्याउ एनीमिया अर्थात् रगतको कमी हटाउनमा लाभदायक हुन्छ । यदि एउटा स्याउ दैनिक खाइन्छ भने यसले शरीरको धेरै समस्याहरुलाई टाढा राख्छ साथै रगतको कमीलाई पनि हटाउँछ ।

अम्बा

यदि तपाईंलाई स्याउ मन पर्दैन भने । अम्बाको सेवनले पनि यो समस्या हटाउन सकिन्छ । यदि तपाई हरेक दिन एउटा पाकेको अम्बा खानुहुन्छ, भने चाँडै रगतको कमी हट्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,