English

शरीरमा रगतको कमी छ ? खानुहोस् यी खानेकुरा जसले रगत बढाउँछ



रगतको कमीका कारण शरीरमा धेरै समस्या हुन सक्छ । लामो समयसम्म रगतको कमी भईरह्यो भने यसले गम्भीर रोग निम्त्याउन सक्छ । हेमोग्लोबिनको कमीले कमजोरी, चक्कर आउनु, अनिद्रा, थकान जस्ता समस्या देखिन सक्छ । शरीरमा रगतको कमीको कारणले शरीरमा पहेंलोपन, आँखाको मुनि कालो घेरा, कालो ओठ लगायतका समस्याहरु पनि देखिन सक्छ । यस्तो अवस्थामा आहारमा केहि विशेष कुराहरुलाई सामेल गरियो भने यो समस्या केहि दिनमा कम भएर जान्छ ।

टमाटर

यदि तपाई दैनिक टमाटरको सलाद वा तरकारी खानुहुन्छ भने यसले शरीरमा रगतको कमीलाई पूरा गर्न सक्छ । केही दिन बिहान ५ देखि ६ वटा टमाटरको ताजा रस पिउँदा यसको प्रभाव छिटो हुन्छ । यसलाई सूप बनाएर पनि पिउन सकिन्छ ।

चुकन्दर

यदि तपाईको शरीरमा रगतको कमीलाई छिटो पुरा गर्न चाहनु हुन्छ भने चुकन्दरलाई दैनिक सलादको रुपमा खान सक्नुहुन्छ । तपाई यसको जुस बनाएर पनि पिउन सक्नुहुन्छ । तपाईंलाई यस्को टेस्ट मन पर्दैन भने यसमा सख्खर मिसाउन सकिन्छ ।

पालुंगो

पालुंगोलाई हेमोग्लोबिन बढाउने उत्कृष्ट स्रोत मानिन्छ । यसमा भिटामिन ‘बी’ ‘ए’ ‘सी’ आइरन, क्याल्सियम र फाइबर आदि पाइन्छ । जसले शरीरमा रगत बढाउन मद्दत गर्छ ।

स्याउ

स्याउ एनीमिया अर्थात् रगतको कमी हटाउनमा लाभदायक हुन्छ । यदि एउटा स्याउ दैनिक खाइन्छ भने यसले शरीरको धेरै समस्याहरुलाई टाढा राख्छ साथै रगतको कमीलाई पनि हटाउँछ ।

अम्बा

यदि तपाईंलाई स्याउ मन पर्दैन भने । अम्बाको सेवनले पनि यो समस्या हटाउन सकिन्छ । यदि तपाई हरेक दिन एउटा पाकेको अम्बा खानुहुन्छ, भने चाँडै रगतको कमी हट्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested