कोरोना अपडेट : सङ्क्रमित भन्दा निको हुने बढे



कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २ हजार ५२ जना सङ्क्रमित भएका छन भने ३ हजार ३० जना निको भएका छन् । १४ हजार ९३५ जनामा परीक्षण गर्दा २ हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म ७ लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । बुधबार नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, २ हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आरोहणको इतिहासमा आङरिता शेर्पा विश्व लोकप्रिय कीर्तिमानी आरोही हुन् । कृत्रिम अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरेका शेर्पा हिउँचितुवाको

दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।

संगीत, नृत्य तथा आर्टमा रुचि भएकाहरुले कुन कलेज पढ्ने ? कुन विषय रोज्ने ? के पढेमा सजिलै जागिर पाउन सकिन्छ

पेट दुख्दा खासै केही होइन भनेर हामी बेवास्ता गर्न सक्छौँ । तर, यस्तो गर्नु खतरा हुन सक्छ । किनकि यस्तै

Suggested