English

पर्यटकीय हब बन्दै मेघौली गोलाघाट



 राजन पराजुली

नेपालीहरू पनि घुमघाममा सौखिन छन् । कुनै नौलो ठाउँको चर्चा हुने बित्तिकै त्यहाँ आन्तरिक पर्यटकको घुइँचो लागिहाल्छ । अझै भनौं साथी, प्रेमील जोडी, नव विवाहिता जोडी र गेट टुगेदरका लागि नयाँ–नयाँ ठाउँ रोजाइमा पर्छ । त्यसै ठाउँमध्येको एक हो– चितवनको मेघौली, गोलाघाट ।

राप्ती र नारायणी नदीको दोभान समेत रहेको गोलाघाट पर्यटकीय हब बन्दैछ । भरतपुरबाट करिव ३२ किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा बेग्लै अनुभूति प्राप्त गर्न सकिन्छ । सुन्दर, हरियाली मनोरम दृश्यका साथै सुर्यास्तको दृश्यले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याउने गरेको छ । त्यसैले साँझपख यहाँ सुर्यास्त हेर्नेहरुको भीड नै लाग्छ ।

नारायणी र राप्ती नदीको सुस्केरी र विभिन्न प्रजातिका चराचुङ्गीको आवाजले वास्तविक प्रकृतिको मज्ज लिन सकिन्छ । राप्तिको पछाडी रहेको चितवन राष्ट्रिय निकुञ्ज भित्र हात्तीमा बसेर अवलोकन गर्दा मन नै फुरूङ्ग बनाउँछ । निकुञ्जमा बाघ, एक सिङ्गे गैंडा, मृग, चितुवा, मयुर, बानर, भालु जस्ता सयौं जनावरलाई सजिलै देख्न सकिन्छ । पानी हाँसले राप्ती नदीमा माछा समाई रहेको दृश्य अनि नदीको किनारमा गोही देख्दा छुट्टै संसारमा पुगेको अनुभव हुन्छ ।

मेघौली, गोलाघाटमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन् । उनीहरुको रीतिरिवाज र परम्परा पनि त्यहाँको अर्को विशेषता हो । यहाँ बाहुन, क्षेत्री, थारू, तामाङ, मगर, भोटे, कुमाल लगायतका जातजातीको बसोबास रहेको छ । त्यसो त गोलाघाट आउने पाहुनालाई त्यहाँका बासिन्दाले गर्ने स्वागत सत्कारले त पर्यटकको मन जित्छ ।

राप्ती र नारायणीको संगम स्थलमा कोरोना अघि बाह्य पर्यटकको पनि घुइँचो लाग्थ्यो । यद्यपि, कोरोना भाइरससँगैको लकडाउनपछि भने आन्तरिक तथा वाह्य पर्यटकको आवतजावतमा केही कमी आएको छ ।

गोलाघाटको अर्को विशेषता भनेको यहाँको माछा पनि हो । माछाका पारखीहरु नारायणीको ताजा माछाको स्वाद लिन गोलाघाट पुग्छन् । पछिल्लो समय स्तरीय होटल तथा होम स्टे पनि सञ्चालनमा छन् । मेघौलीमा थारु जातीको पुराना संस्कृतीलाई जोगाउने भन्दै संग्रहालय पनि बनाइएको छ । त्यस संग्रहालयमा थारू जातीका पुराना भेषभूषा रहन सहन सजिलै देख्न सकिन्छ । मेघौलीबाट अलिकति पर राप्ति नदीको छेउमा करोडौं लगानीका होटलहरू रहेका छन् । विदेशबाट आउने पर्यटकलाई मध्यनजर गरी त्यहाँ होटल निर्माण गरिएको छ । दुई वर्ष अघि पूर्व राजा ज्ञानेन्द्र शाह पनि मेघौली घुम्न आएका थिए । त्यतिबेला उनी यहीँको होटलमा बसेका थिए ।

पोखराको बाराही होटलले मेघौलीको राप्ति नदी छेउमा होटल बाराही सञ्चालनमा ल्याएको छ । यस्तै, चौधरी ग्रुपले पनि सीजी होटल बनाएको छ । मेघौलीमा घुम्ने र रमाउने उद्देश्यले वर्षभरमा देश भित्र र बाहिरका लाखौ पर्यटक आउँछन् ।

पर्यटकीय सम्भावना हुँदा हुँदै पनि राज्यस्तरबाट भने ध्यान दिएको छैन । पहिलो कुरा त भरतपुरदेखि गोलाघाट पुग्ने सडक गतिलोे नहुँदा धेरै पर्यटक पुग्न सकेका छैनन् । यदि सरकारले यस क्षेत्रमा ध्यान पुर्याउन सक्ने हो भने वर्षमा लाखौं लाख पर्यटकलाई भित्राउन सकिन्छ । अर्को कुरा गोलाघाटमा पिकनिक स्पट बनाएर प्रचार प्रसार गर्न सकेमा पनि यसको आकर्षण अझै बढाउँछ ।

यस्तै मेघौलीमा थारु जातीको विशेष परिकार घोंगी, चिचर लगायतका परिकार पनि पर्यटक तान्ने गतिलो हतियार हुन् । नारायणी र राप्ति नदीको सुन्दर दृश्य हेर्दै आनन्दसँग प्रकृतिको काँखमा लडिबुडी गर्न पाउँदा बेग्लै अनुभुति हुन्छ । गोलाघाटमा हात्ति सफारी पनि रहेको छ । त्यसैले हात्तिमा चढेर जंगल अबलोकन गर्न सकिन्छ । त्यसैले प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण मेघौली गोलाघाट आउने होइन त घुम्न ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested