कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर



कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत उत्पादन भएको छ ।

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रा.लिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा रु १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन् । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उनको छ ।

सुरुमा रु १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।

उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिव रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उनले बताए । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनको भनाइ छ ।

अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्राउने अर्याल सरकारी जागिर छाडेर यो पेशामा लागेका हुन् । विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बुबा अदालतमा जागिर गर्ने हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गरेका हुन् ।

अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेका थिए । लमजुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गरेका उनी निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय सुरु गरेका हुन् ।

उनकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता छिन् । विसं २०५२ मा चितवन झरेर उनले कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । उनकी श्रीमती सुमा अर्यालले पनि जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अंगालेकी छिन् ।

अध्ययनका कारण उनीहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गरेका हुन् । उक्त ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उनले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गरेका हुन् । उनले भने, ‘नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।’ उनीहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

अध्ययनका कारण उनीहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गरेका हुन् । उक्त ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उनले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गरेका हुन् । उनले भने, ‘नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।’ उनीहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

उनले सुुरुमा ६० हजार कुखुरापालनबाट पेशा थालेका थिए । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उनको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उहाँ पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुन् । उनी भन्छन्, ‘खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन ।’

यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उनले खोर वरिपरि अग्लो बार र हरियाली बनाएका छन् । उनको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।

यो पनि पढ्नुहोस् ।
हेडसरको खुर्सानी खेती, महिनामै लाखौं कमाई
कोरोनाकालमा खुलेको उद्यमको बाटो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने