English

बढ्दै कोरोना : एकैदिन ४९०४ मा संक्रमण, २११५ जना निको



नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १९ हजार १ सय २३ जनाको जम्मा नमुना परिक्षणबाट ४ हजार ९ सय ४ हजार जनामा संक्रमण देखिएको हो ।

यसैगरी, २ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालका कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट १० हजार १ सय ५० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ३३ हजार ९ सय ८५ जना होम आइसोलेसन, ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसन र ३ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये, ७ सय ६१ जना आईसियु र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र