English

पूर्ण स्तनपान गराउँदा आमा र बच्चालाई हुन्छ यस्तो फाइदा



पूर्ण स्तनपान जसलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ पनि भनिन्छ । एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेको बच्चाले जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र पिउनु हो । शिशु जन्मेदेखि ६ महिनासम्म आमाले पूर्ण स्तनपान गराउने र त्यसमा पानी समेत अतिरिक्त नदिने । स्तनपान शिशुको एकदम महत्वपूर्ण आहार हो ।

शिशु जन्मेपछि सुरुको २ दिन सम्म आउने दूधलाई बिगौती दूध भनिन्छ । त्यो दूधमा बच्चालाई चाहिने पौष्टिक आहार जस्तै ः प्रोटीन, काब्र्रोहाइड्रेट, फ्याट हुन्छ । जसले शिशुलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

त्यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता रोगहरुबाट शिशुलाई बचाउन सकिन्छ । पूर्ण स्तनपान गरेको शिशु अरु शिशुहरुको तुलनामा तीक्ष्ण पनि देखिन्छ । शिशु र आमाबीचको सम्बन्ध पनि प्रगाढ हुने भएकाले मानसिक तनाव पनि कम गर्छ । यसरी पूर्ण स्तनपान गराउँदा बच्चाका साथै आमालाई पनि उत्तिकै फाइदा गर्छ । त्यसैले पूर्ण स्तनपान गराउँदा आमालाई पुग्ने फाइदाका बारेमा बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले दिएको सुझाव यस्तो छ :

– बच्चा जन्मिने बित्तिकै स्तनपान गराउँदा सुत्केरीपश्चात हुने रक्तस्रावहरु कम हुन्छ ।

– पूर्ण स्तनपान गराउँदा यसले परिवार नियोजनको साधनको पनि काम गर्छ ।

– यदि कुनै आमाले जन्मिने बित्तिकै शिशुलाई पूर्ण स्तनपान गराइरहनु भएको छ र राती उठेर पनि स्तनपान गराउनु हुन्छ भने शिशु जन्मेदेखि अर्को छ महिनासम्म अर्को गर्भ रहने सम्भावना कम हुन्छ ।

पूर्ण स्नतपान गराउँदा शिशुले चाहेअनुसार २ देखि ३ घन्टाको बीचमा स्तनपान गराउनुपर्छ । शिशु यदि धेरैसमय सुत्यो भने ४ घन्टासम्म सुत्न दिन सकिन्छ । तर, अरु कुनै कारणले शिशु धेरै नै सुतिरहेको छ भने उसको जिउमा ग्लुकोजको कमी नहोस् भनेर ४ घन्टापछि शिशुलाई उठाएर भए पनि दूध खुवाउनु पर्छ । त्यसैले दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउँदा राम्रो हुन्छ ।

स्तनपान गराउने महिलाले पनि गेडागुडी, चामल, मकै, गहुँ लगायतका खानेकुरा खानुपर्छ । त्यसको साथै दुध, दही, फलफुल, हरियो सागपात र पानी यो सबैलाई मिलाएर सन्तुलित आहार बनाएर खाँदा प्रशस्त दूध आउँछ । अहिले कोरोना महामारीको समय छ । त्यसैले यस्तो बेलामा कुनै महिलालाई कोभिड संक्रमण भएको छ भनेर शिशुलाई दूध खुवाउन छोड्नु पर्दैन । संक्रमित आमाको दूधबाट कोरोना सर्दैन । यद्यपि, संक्रमण भएको छ भने स्तनपान गराउनु स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested