English

चुरोट र सुर्तीको लत छोड्न सक्नुभएको छैन भने यसो गर्नुस्



धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि धेरै मानिसहरु यसको लतमा फसेका हुन्छन् । यी पदार्थ लामो समय सेवन गरे विभिन्न रोगले सताउँछ । सातै, ज्यानै समेत लिन सक्छ । यसको बानी लागि सकेपछि यसको लत छुट्टाउन एकदमै गाह्रो हुन्छ । तर दृढ इच्छा राख्ने हो भने यसबाट मुक्ति पाउन सकिन्छ । चुरोट, सुर्तीको लत छुटाउने बारे आयुर्वेद तथा वैकल्पिक चिकित्सक डा. रामबहादुर बोहोराको सुझाव यस्तो छ :

– चुरोट तथा सुर्र्तीको लत छोड्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको संकल्प हो । यसले म र मेरो परिवारलाई हानी गरिरहेको छ, त्यसैले म यो लत छोड्छु भन्ने भावना मनमा आउनु पर्छ । नत्र कुनै पनि औषधिको सेवनले पनि यो लत छुटाउन सकिँदैन ।

– यो लतलाई हटाउन एकदमै गाह्रो छ सक्दिन होला भन्ने सोच राख्नु हुँदैन । सकारात्मक सोचको साथ दृढ इच्छा राख्ने हो भने यसबाट मुक्ति पाउन सकिन्छ ।

– चुरोट र सुर्तीको लत लागेको मानिसलाई एकैचोटी चुरोट छोड्न गाह्रो हुने भएकोले बिस्तारै बिस्तारै यसको मात्रालाई घटाउँदै लानुपर्छ ।

– चुरोट र सुर्तीको लत हटाउनको लागि परिवार र साथीभाईको साथ र सपोर्टले पनि राम्रो भूमिका खेल्छ । यदि परिवारले लत लागेको व्यक्तिलाई साथ र सर्पोट ग¥यो भने उसमा लत छोड्ने हिम्मत बढ्छ ।

– सुर्ती तथा चुरोटको तल–तल लागेको बेला मुख खाली राख्नु हुँदैन । दालचिनी, ल्वाङ र सुकुमेल जस्ता कुराहरू खानुपर्छ ।

हटाउने अर्को उपाय

७ सय एम एल पानीमा आधा चम्चा निलो तुथो (कपर सल्फेट)लाई मिसाउने र त्यसलाई ४ घन्टा सम्म त्यतिकै छोडिदिने । अब त्यो पानीको रंग निलो हुन्छ । यसरी तयार पारिएको पानीले दिनहुँ मुख कुल्ला गर्ने । यसरी दिनहुँ कुल्ला गर्दा चुरोट तथा सुर्तीको लत बिस्तारै हटेर जान्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested