English

काठमाडौं उपत्यकाको निषेधाज्ञामा कडाई – सभा सम्मेलन नगर्न आग्रह



पछिल्ला केही दिनयता कोभिड–१९ को संक्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । निषेधाज्ञा कायमै रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि नगर्न कार्यालयले मंगलबार सूचना जारी गर्दै आग्रह गरेको हो ।

साथै, मास्कको प्रयोग, भौतिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । भीडभाडजन्य गतिविधिले संक्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत गतिविधि नगर्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

यसैगरी, मंगबार नै सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी रहेको निषेधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओको मंगलबार बसेको संयुक्त बैठकले साउन २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

पहिलेकै निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने गरी निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए । ‘निषेधाज्ञाले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत भीडभाड हुने ठाउँ खोल्न प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।’

औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई प्रचलित कानूनअनुसार कडा कारवाही गर्ने प्रजिअ पराजुलीले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested