English

श्वास गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यसो गर्नुस्



श्वास गन्हाउने समस्याले धेरैलाई दुःख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर, कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ । यस्तो समस्या किन हुन्छ ? यसबाट बच्न के–के कुरामा ध्यान दिने ? भन्ने विषयमा गिजा रोग विशेषज्ञ डा. खुश्बु गोयलको सुझाव यस्तो छ ः

किन गन्हाउँछ श्वास

मुख गन्हाउनुको मुख्य कारण दाँतको उचित सरसफाइ नहुनु नै हो । मुखमा दुर्गन्ध उत्पन्न हुनुको अन्य कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो ।

मुखको सरसफाइबाहेक कहिलेकाहीँ गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, मुखमा घाउ हुँदा, गलत रूपले दाँत माझ्दा लामो समयसम्म औषधि सेवन गर्दा र जटिल रोग जस्तै मधुमेह र मिर्गौलाको समस्याले पनि मुख गन्हाउन सक्छ ।

बच्ने उपाय

– बिहान र बेलुका दिनमा दुई पटक नछुटाई राम्रोसँंग दात माझ्ने ।
– दाँतको बीचमा भएका खाली ठाउँमा विभिन्न खानेकुरा अड्किन्छ । ती कुरा त्यहाँ नकुहियोस् र दुर्गन्ध नबढोस् भनेर राम्रोसँग ब्रस गर्नुपर्छ ।
– जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत मुख गन्हाउने समस्या कम हुन्छ ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा पेस्ट प्रयोग गर्ने ।
– दाँतमा अड्किएको खाना ब्रस गर्दा मात्र ननिस्कन सक्छ त्यसैले, दाँतलाई फ्लस पनि गर्ने ।
– हरेक पटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्ने ।
– कम्तिमा पनि वर्षमा एक पटक अस्पताल गएर चिकित्सकको सल्लाह लिने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested