English

श्वास गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यसो गर्नुस्



श्वास गन्हाउने समस्याले धेरैलाई दुःख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर, कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ । यस्तो समस्या किन हुन्छ ? यसबाट बच्न के–के कुरामा ध्यान दिने ? भन्ने विषयमा गिजा रोग विशेषज्ञ डा. खुश्बु गोयलको सुझाव यस्तो छ ः

किन गन्हाउँछ श्वास

मुख गन्हाउनुको मुख्य कारण दाँतको उचित सरसफाइ नहुनु नै हो । मुखमा दुर्गन्ध उत्पन्न हुनुको अन्य कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो ।

मुखको सरसफाइबाहेक कहिलेकाहीँ गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, मुखमा घाउ हुँदा, गलत रूपले दाँत माझ्दा लामो समयसम्म औषधि सेवन गर्दा र जटिल रोग जस्तै मधुमेह र मिर्गौलाको समस्याले पनि मुख गन्हाउन सक्छ ।

बच्ने उपाय

– बिहान र बेलुका दिनमा दुई पटक नछुटाई राम्रोसँंग दात माझ्ने ।
– दाँतको बीचमा भएका खाली ठाउँमा विभिन्न खानेकुरा अड्किन्छ । ती कुरा त्यहाँ नकुहियोस् र दुर्गन्ध नबढोस् भनेर राम्रोसँग ब्रस गर्नुपर्छ ।
– जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत मुख गन्हाउने समस्या कम हुन्छ ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा पेस्ट प्रयोग गर्ने ।
– दाँतमा अड्किएको खाना ब्रस गर्दा मात्र ननिस्कन सक्छ त्यसैले, दाँतलाई फ्लस पनि गर्ने ।
– हरेक पटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्ने ।
– कम्तिमा पनि वर्षमा एक पटक अस्पताल गएर चिकित्सकको सल्लाह लिने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,