English

शरीरलाई फिट राख्नदेखि विभिन्न रोगसँग लड्न मर्निङ वाक



बिहान सबेरै हिँड्दा हुने फाइदाहरूको बारेमा धेरैले सुनेको हुनुपर्छ । तर, के तपाईले मर्निङ वाकका अन्य फाइदाका बारेमा सुन्नुभएको छ ? प्राय जसो युवाहरू बिहान र साँझ आफ्नो फिटनेस कायम राख्न दौडने गर्छन् । सामान्यतया विश्वास गरिन्छ कि जगिंगले शरीरलाई फिट राख्न सघाउ पुर्याउँछ । यसका अलवा मर्निङ वाकले शरीरलाई के कस्तो फाइदा पुर्याउँछ भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

– जगिङ गर्दा छिटोछिटो सास फेर्छौं जस्ले गर्दा पुरा शरीरमा फ्रेश अक्सिजन पुग्छ । त्यसैले डिप्रेसन र तनाव पनि कम भएर जान्छ ।

– नियमित बिहान हिँड्दा स्वास्थ्यलाई सुधार गर्दछ । त्यसको साथै व्यक्तित्व सुधार्ने पनि काम गर्दछ । दैनिक बिहान डौडनाले शरीरमा अक्सिजन स्तर ठीक हुन्छ । जसले गर्दा शारीरिक तवरले फिट राख्न सहयोग गर्छ । साथै, आत्मविश्वास पनि बढाउँछ ।

– दैनिक मर्निङ वाक गर्दा डायबिटीजमा पनि धेरै लाभदायक हुन्छ । सामान्यतया, डाक्टरहरूका अनुसार मधुमेह रोगीहरूले सामान्य व्यक्ति भन्दा बढी शारीरिक काम गर्नु पर्छ । यस्तो अवस्थामा, यदि तपाईं दैनिक हिडडुल गर्नुहुन्छ भने मधुमेहबाट हुने क्षति सजिलै कम गर्न सकिन्छ ।

– बिहान वा साँझ कुनै नियमित समयमा १५ देखि ३० मिनेट हिँडडुल गर्दा हाम्रो शरीरको धमनीहरूमा रक्त संचार राम्ररी हुन्छ । जसकारण हृदयघातको जोखिम कम हुन्छ ।

– सामान्यतया युवाहरूले तौल घटाउन र आकर्षक शरीर प्राप्त गर्न दौडने गर्दछन् । दौडिँदा शरीरमा छिटो पसिना आउँछ । जसको कारणले फ्याटलाई छिटो कम गर्न मद्दत गर्दछ र पेटको मांसपेशीहरू कडा हुन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested