English

इग्निसन अटोले भिआर एडभेन्चर र्‍याली गर्दै



दुई पांग्रे गाडी बिक्री वितरण गर्ने इग्निसन अटो प्राईभेट कम्पनी लिमिडेटले भिआर एक्सपोलरिङ्ग एडभेन्चर कार्यक्रम आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा जनचेतना फैलाउने उद्देश्यले भोलि एक दिने यात्रा र्‍याली कार्यक्रम आयोजना गर्ने भएको हो ।
यात्रा र्‍याली विहान ८ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित हार्टफोर्ट शोरुमबाट शुरु हुनेछ ।

सुन्धारा–बीर अस्पताल–जमल–लैनचौर–लाजिम्पाट–महाराजगञ्ज– बुढानिलकण्ठ हुँदै तारेभीर पुगेर बिहानको खाजा खाने कार्यक्रम रहेको छ ।

त्यसपछि पूनः र्‍याली सुन्दरीजल डाम–चिसपानी हुँदै भोटेचौरमा पुगेर खाना र मनोरञ्जनको कार्यक्रम गरिने छ । त्यसपछि साँखु–थली–जोरपाटी–बौद्ध हुुँदै सर्भिस सेन्टरमा समापन गरिने कम्पनीले जनाएको छ ।

इग्निसन कम्पनी चिनियाँ कम्पनी हार्टफोर्ड इण्डष्ट्रीज लिमिटेड उत्पादित दुई पांग्रे गाडी बिक्री वितरण गर्ने अधिकारिक बिक्रेता बनेको छ ।

नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक हार्डफाेर्ड (भिआर) मोटरसाइकल तथा स्कूटर यस कम्पनीले आफ्ना डिलरबाट बिक्री गर्दै आएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested