English

कपालमा चाया परेर हैरान हुनुहुन्छ भने यस्ता छन् हटाउने उपाय



कपालमा चाया पर्ने समस्या अहिले धेरैको आम समस्या बनेको छ । यसबाट बालबालिका देखि वृद्धवृद्धासम्म अछुतो छैनन् ।
चायाका कारण कतिपयलाई ठूलै समस्या समेत पारिरहेको छ । यसले व्यक्तित्वमा समेत असर पार्ने हुँदा कसरी हटाउने भन्ने सबैको चिन्ताको विषय हुन सक्छ । चाया प्राय दुई प्रकारको हुने गर्छ । एउटा छालामा टासिने अर्को छालामा नटासिने ड्राइ अर्थात् भुरभुर उड्ने चाया । छालामा टाँसिने चायाको तुलनामा ड्राइ चायालाई हटाउन अलि सहज हुन्छ । त्यसैले कपालको चाया हटाउने उपायका बारे सौन्दर्यविद् तथा सौन्दर्य कला व्यवसायी संघको केन्द्रिय अध्यक्ष कमला श्रेष्ठले दिएको सुझाव यस्तो छ :

चाया हटाउने उपाय

– चाया भएको व्यक्तिले छुट्टै काइँयो तथा रुमालको प्रयोग गर्ने ।
– ठूलो दाँत भएको काइँयोले हरेक साँझ कपाल राम्ररी कोर्ने । यसले गर्दा कपालमा भएको फोहोरमैला बाहिर निस्कन्छ  ।
– कपाल कोर्ने काइँयो अथवा ब्रस सफा हुन जरुरी छ । त्यसैले काइँयो तथा ब्रस डेटोल पानीमा सफा गरिरहने ।
– जंकफुडहरु एकदमै कम खाने
– कपालको जरालाई सुख्खा हुन नदिन तेलले जरामा मसाज गर्ने ।
– अल्कोहल प्रयोग भएको सामानहरु जस्तै ः जेल, हेयर स्प्रे प्रयोग नगर्ने ।
– कपालमा साबुनको प्रयोग नगर्ने । यसले कपाल तथा जरालाई सुख्खा बनाउँछ र चाया पर्छ ।
– ओलिभ आयल र विभिन्न मिनरल आयलहरु जरामा लगाएर मालिस गरेर २ घन्टा छोड्ने अनि नुहाउने ।
– नुहाउँदा मेडिकेटेड एन्टी फंगल स्याम्पुको प्रयोग गर्ने । यस्तो स्याम्पु ३ महिना लगातार प्रयोग गर्नु पर्छ बिचमा छोड्नु हुँदैन ।
– यो स्याम्पुको प्रयोग गर्दा सुरुको महिना हप्तामा एक पटक, दोस्रो महिनामा १५ दिनमा एक पटक र तेस्रो महिनामा १ पटक मात्र लगाउनु पर्छ ।
– चाया कम गर्नकै लागि लिभ अन लोसनको प्रयोग पनि गर्न सकिन्छ । यो लोसन दैनिक जरामा लगाएर मालिस गर्दा चाया हटाउन सकिन्छ ।
– एकदम धेरै चाया छ भने ३ प्रतिशत टि जेल र टि साल स्याम्पुलाई अन्य स्याम्पुमा मिसायर लगाउन सकिन्छ ।
– राति सुत्नु अघि ग्लिसरीनलाई जरामा लगाएर मालिस गर्ने यसले पनि चायाको समस्यालाई कम गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली