English

उपत्यकामा अस्तव्यस्त ट्राफिक लाइट, मर्मत गर्न ढिलासुस्ती



काठमाडौँ उपत्यकामा ३८ वटा ट्राफिक लाइट जडान गरिएको छ । तर, कति चल्छन्, कति चल्दैनन् भन्ने सम्बन्धित निकाय नै जानकार छैनन् । अधिकांश चोकमा ट्राफिक लाइट राखिएकै छैन । लाइट राखिएको ठाउँहरुमा बिग्रिएको पनि महिनौं भइसक्यो तर, बन्न सकेको छैन । त्यसको गतिलो परिणाम भनेकै ट्राफिक जाम हो । जुन आम सर्वसाधारणले भोगिरहेका छन् ।

लाइट बिग्रिएपछि एकजना ट्राफिकले गर्न सक्ने कामका लागि ३, ४ जना खटाउनुपर्ने बाध्यता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सन्जिव शर्मा दास बताउँछन् ।

सवारी साधनलाई रोकिने र गुड्ने निर्देशन दिनका लागि चोक–चोकमा राखिएका ट्राफिक लाइट बिग्रिएपछि ट्राफिक प्रहरीले पनि सास्ती बेहोर्नु परेको छ । लाइट बिग्रिएपछि एकजना ट्राफिकले गर्न सक्ने कामका लागि ३, ४ जना खटाउनुपर्ने बाध्यता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सन्जिव शर्मा दास बताउँछन् । ‘लाइट भए पनि नभए पनि ट्राफिकहरुलाई सडकमा खटाउनु पर्ने नियम त छ,’ उनी भन्छन्, ‘तर, लाइट हुँदा केही सहज हुन्छ । सडकमा १ जना मात्र ट्राफिक प्रहरी बसे पुग्छ भने नभएको ठाउँमा ४ देखि ५ जना बस्नु पर्ने हुन्छ । ट्राफिक लाइटको व्यवस्था गर्ने काम सडक विभाग र महानगरको भएकाले यस विषयमा सडक विभागको ध्यान जान जरुरी रहेको दास बताउँछन् ।

‘ट्राफिक लाइटले यात्रुलाई बाटो काट्न, दुर्घटना क गराउन सहयोग गर्छ,’ उनले भने, ‘बिग्रिएका लाइटहरु तुरुन्त बनाउनु पर्छ ।’ अहिले काठमाडौँ उपत्यकामा सडक विभाग अन्तर्गत १८ वटा र अन्य निकायहरुबाट २० गरेर जम्मा ३८ वटा लाइटहरु जडान भएका छन् । यसमध्ये अहिले अधिकांश बिग्रिएका छन् ।

चक्रपथस्थित नारायण गोपाल चोकमा लाइट बिग्रिएको महिनौं पछि मंगलबार साँझबाट सञ्चालनमा आएको छ । आखिर किन समयमै बन्दैनन् बिग्रिएका ट्राफिक लाइट ?

सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख कृष्णनाथ ओझा अहिले उपत्यकाका कहाँ कहाँ ट्राफिक लाइट बिग्रिएका छन् थाहा नभएको तर, थाहा हुने बित्तिकै मर्मत गर्ने गरेको बताउँछन् । विभागले अब ५ इन्टरसेक्सन र ८ वटा जेब्रा क्रसिङमा ट्राफिक लाइट राख्ने तयारी गरिरहेको छ । जुन साउन महिनाभित्र सकिसक्ने योजना रहेको उनी बताउँछन् ।

चक्रपथस्थित नारायण गोपाल चोकमा लाइट बिग्रिएको महिनौं पछि मंगलबार साँझबाट सञ्चालनमा आएको छ । आखिर किन समयमै बन्दैनन् बिग्रिएका ट्राफिक लाइट ? ओझालाई यो प्रश्न गर्दा उनी भन्छन्, ‘चक्रपथको लाइट काठमाडौँ महानगरले राखेको हो । महानगरले हामीलाई हस्तान्तरण गरेको छैन । तैपनि त्यहाँको ट्राफिक लाइट बनाउन हामीले निर्देशन दिएका थियौं, हिजोबाट सञ्चालनमा आयो ।’ अन्य ठाउँमा लाइट बिग्रिएको जानकारी नपाएको उनले बताए । तर, केशरमहल अघिको ट्राफिक लाइट बिग्रिएको पनि महिनौं भइसक्यो । बन्न सकेको छैन । यसैगरी, तिनकुने गैरिगाउँको ट्राफिक लाइट पनि कहिले सञ्चालन आउने कहिले नआउने भइरहेको हुन्छ ।

सडकमा ट्राफिक लाईट राखेपछि ट्राफिक जाम कम हुन्छ । यात्रुलाई बाटो काट्न सहज भएको छ । त्यसैले ट्राफिक लाइटहरुलाई विस्तार गर्ने कामका लागि सडक विभाग लागि रहेको ओझाले बताए । सहरी पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा बताउँछन् नारायण गोपाल चोक माहाराजगञ्जमा रहेको ट्राफीक लाइट बिग्रीएर लामो समय नचलेको जानकारी नै नभएको बताउँछन् ।

अहिले उपत्यकामा जति पनि ट्राफिक लाइटहरु जडान भएका छन् ती सबै लाइट जसले जडान ग¥यो उसले नै मर्मत गर्ने भन्ने नियम छ । तर, त्यस्तो नगरेर ट्राफिक लाइटको मर्मत सम्भार गर्ने जिम्मा ट्राफिक प्रहरीहरुलाई नै दिने भन्ने विषयमा छलफल भइरहेको थापा बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार