English

यसकारण हुन्छ बाथ रोग, कसरी जोगिने ?



डा.श्वेता नकर्मी, बाथ रोग विशेषज्ञ

बाथ रोग विभिन्न रोगहरुको संकलन बझिन्छ । अहिलेसम्म १ सयभन्दा बढी प्रकारका बाथ रोगहरु पत्ता लागिसकेका छन् । मानव शरीरमा बाहिरी जिवाणुसँग लड्नका लागि विशेष कोशिकाहरु हुन्छन् । कुनै कारणवस यी कोशिकाहरुले आफ्नै शरीरका विभिन्न अंगलाई आक्रमण गर्न थाल्छ । त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग, मधुमेह, थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथ रोगका कारण

बाथ रोग लाग्नुको कारण अहिलेसम्म पत्ता लागि सकेको छैन । तर, वंशाणुगत र कुनै विशेष जिवाणुको संक्रमणले बाथ देखिन सक्छ ।

बाथका प्रकार

विश्वमा १ सय भन्दा बढी प्रकारका बाथ पत्ता लागिसकेका छन् । नेपालको सन्र्दभमा गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्किने बाथ, यूरिक एसिड को बाथ, मेरुडण्डको बाथ, लुपस, मांसपेसीको बाथ विशेष हुन् ।

बाथका लक्षण

बाथको मूख्य लक्षण भनेकै जोर्नीहरु दुख्नु हो साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्भिक लक्षणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बाङ्गिँदै जान सक्छ ।

गठिया बाथ

यो बाथ प्राय जसो ४० वर्ष कटेका महिलामा बढी देखिन्छ । पुरुषमा भन्दा महिलामा यो तीन गुणा बढी देखिएको छ । जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बाङ्गिदै जाने यसका लक्षण हुन् ।

कुरकुरे हड्डी खिइने बाथ

यो बाथ प्राय जसो ५० वर्ष कटेका महिला र पुरुषमा देखिन्छ । यसमा धेरै जसो घुँडाको जोर्नी भ¥याङ तलमाथी गर्दा अथवा उकालो ओरालो हिड्दा दुख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्छ ।

युरिक एसिड बाथ

यो प्रायः जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो । युरिक एसिड को बाथ महिला र बच्चामा धेरै देखिँदैन । यस बाथमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दुख्छ र ४, ५ दिनमै आफैँ निको हुन्छ । यस्तो दुखाई वर्षमा २, ३ पटक पनि हुन सक्छ ।

लुपस

यो बाथ तन्नेरी महिलाहरुमा बढी पाइन्छ । यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने ,मुखमा बारम्बार घाउ आउने, घाममा जाँदा धेरै पोल्ने र डाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्षणहरु देखिन्छन् ।

मांशपेसीको बाथ

यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांशपेसीहरु दुख्ने, कटकटी खाने, आलश्य लाग्ने, निद्रामा समस्या हुने बारम्बार टाँउको दुख्ने जस्ता लक्ष्यण हुन सक्छन् ।

बाथबाट बच्ने उपाय

बाथ हुन नदिने त कुनै उपाय छैन । तर बाथका आउने जटिलताबाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पुरापुरी नियन्त्रणमा आउन सक्छ । यसको नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिहरु र पद्धतीहरु उपलब्ध छन् । रोगको धारण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ दीर्घकालिन रोग भएकाले औषधि पनि प्रायः लामो समयसम्म नै चल्छ । तर, लक्षण सुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।



...
cheapest canadian pharmacy

canada prescription

...
list of canadian pharmacies

online pharmacies canadian

...
online canadian pharmacy no prescription

canadian drug companies

...
online canadian pharmacy with prescription

canada drugs no prescription

...
canadian pharmacy world reviews

pharmacy price compare

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested