English

किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ?



डा. विक्रान्त मेहता, अर्थोपेडिक सर्जन

सामान्यतया ४५ वर्षभन्दा माथि उमेर समूहका ब्यक्तिहरूलाई घुँडा दुख्ने समस्या देखिन सक्छ । तर, युवाहरूमा पनि यो समस्या नदेखिने भन्ने होइन । घुँडाको दुखाई विभिन्न कारणले हुन्छ ।

घुँडा दुख्नुका कारण
वंशाणुगत कारण

घुँडा दुख्ने समस्याको पहिलो कारण भनेको वंशाणुगत हो । यदि बाबु अथवा आमामध्ये कसैलाई बाथ रोगको समस्या छ भने उनीहरूबाट जन्मिएका छोराछोरीमा पनि बाथ रोगको समस्या देखिन सक्छ । त्यसले घुँडा दुख्ने समस्या निम्त्याउन सक्छ ।

चोटपटक अथवा बढी तौल

घुँडामा कुनै चोटपटक लागेको छ भने पनि उमेर ढल्कँदै जाँदा त्यो बल्झिएर दुख्ने गर्छ । यस्तै, बढी तौल भएका मानिसहरूमा पनि घुँडा दुख्ने समस्या देखा पर्छ ।

लिगामेन्ट च्यातिनु

लिगामेन्ट च्यातियो भने पनि घुँडा दुख्ने समस्या देखा पर्छ । साथै घुँडा खिइयो भने पनि दुखाई सुरु हुन्छ । यस्तो समस्या विशेष गरी वृद्धावस्था र महिनावारी रोकिएका महिलामा बढी देखिन्छ ।

क्याल्सियमको कमी

क्याल्सियमको कमीले पनि घुँडा दुख्ने समस्या आउन सक्छ ।

कसरी बच्ने ?

– घुँडालाई धेरै असर पर्ने गरी काम नगर्ने ।
– शरीरको तौललाई सन्तुलनमा राख्ने ।
– क्याल्सियमयुक्त खानेकुरा खाने ।
– दैनिक व्यायाम गर्ने ।
– धेरै दुखाई छ भने चिकित्सकको सल्लाहमा औषधि लिने ।
– घुँडालाई सुरक्षित राख्ने ‘नि क्याप’ प्रयोग गर्ने ।
– चिसोमा धेरै हिँडडुल नगर्ने ।
– घुँडा दुख्ने समस्याको पहिचान एक्स रे, एमआरआई गरेर थाहा पाउन सकिन्छ । यदि बाथ रोगका कारण घुँडाको दुखाई भएको छ भने रक्तपरीक्षण गरेर हेर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम