English

१ लाख १० हजार तिर्न नसक्दा सुत्केरी ४ दिनदेखि अस्पतालमै बन्धक



एउटी महिला आमा बन्दा कत्ति खुशी होलिन् ? त्यो पनि जुम्ल्याहा सन्तानको । तर, खुशीलाई कतिबेला के कुराले बडार्छ कसैलाई थाहा हुन्न । जनकपुरधामस्थित आर्या अस्पतालमा असार १७ गते धनुषाकी ३० वर्षीया बेगम खातुनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । यो खबरले खातुनको परिवारमा बेग्लै उमंग ल्यायो । अझै उनका श्रीमान मोहम्मद समीर नदाफ जुम्ल्याहा छोराछोरीको बाबू बन्दा कम्ता खुशी थिएनन् ।

अस्पतालले पुरै पैसा भुक्तानी नगरी सुत्केरीलाई नपठाउने भन्दै बन्दक बनाएर राखेको ४ दिन बितिसक्यो । न मोहम्मदले पैसा जम्मा गर्न सकेका छन् न त अस्पतालले नै सुत्केरीलाई डिस्चार्ज गरेको छ ।

शल्यक्रियामार्फत सुत्केरी भएकी खातुनलाई अस्पतालले असार २१ गते डिस्चार्ज गर्ने जानकारी दियो । यो सँगै १ लाख १० हजारको बिल भुक्तानी गर्न आदेश दियो । अस्पतालको यो आदेशसँगै उनीहरुको ओठमुख सुक्यो । आफूसँग भएको पैसा मोहम्मदले सबै खर्च गरिसकेका थिए । त्यहाँमाथि यति धेरै बिल आउला भन्नेसोचेका थिएनन् । तर, अस्पतालले पुरै पैसा भुक्तानी नगरी सुत्केरीलाई नपठाउने भन्दै बन्दक बनाएर राखेको ४ दिन बितिसक्यो । न मोहम्मदले पैसा जम्मा गर्न सकेका छन् न त अस्पतालले नै सुत्केरीलाई डिस्चार्ज गरेको छ ।

शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई अस्पताल प्रशासनले जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । मोहम्मदले ऋणका लागि आफन्त, छरछिमेकी सबैसँग गुहारे तर, उनको गुहार कसैले सुनेन । त्यसो त अब उनले हार मानिसके ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । ‘दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं,’ उनले भने, ‘छोराछोरी र श्रीमतीलाई कतिबेला घर लैजाउँ जस्तो भएको छ तर, पैसा नतिरि अस्पतालले लैजान दिँदैन ।’

त्यसैले यतिबेला नदाफले उपचार खर्च जुटाइदिन गुहार मागिरहेका छन् । ‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें,’ उने भने, ‘अहिलेसम्म ५० हजार रुपैयाँ जति संकलन भयो तर, अझै ६० हजार रुपैयाँ तिर्न बाँकी छ । यदि कसैलाई दया लाग्छ भने सहयोग गर्नुभए हुन्थ्यो ।’

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिव ५० हजार उपचारमा रित्याइसके । ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन,’ उनले भने ।

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइ रहेका छन् । ‘एउटा झोला र कापी लिएर हिँडेको छु,’ उनले भने, ‘कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।’ नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर २० देखि ५०० रुपैयाँसम्म सहयोग प्राप्त भएको उनले बताए । ‘यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन,’ मलिन अनुहारमा उनले दुखेसो पोखे ।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिव ५० हजार उपचारमा रित्याइसके । ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन,’ उनले भने । त्यसो त मोहम्मद दुई सन्तानसहित श्रीमतीलाई अस्पतालको बन्धकमा राखेर आफू पैसको खोजीमा टोलटोलमा भौंतारिँदै छन् । यता अस्पताल प्रशासनले भने बिरामीको आर्थिक अवस्था हेरेर केही छुट दिन सक्ने तर, सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आईसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्ने जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested