English

पटक–पटक किन बढ्छ पेट्रोलियम पदार्थको मूल्य ?

१६ पटक इन्धनको मूल्य बढ्दा पनि निगम घाटामा !


नेपालमा करिव १ वर्षयता १६ पटकसम्म इन्धनको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमै तेलको मूल्य वृद्धि भएकाले भन्दै पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा सर्वसाधारण मारमा परेका छन् ।

निगमले एक साता अघि पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य वृद्धि गर्यो । त्यसो त हाल पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ भने डिजेल १ सय १० रुपैयाँ पुगेको छ ।

किन बढीरहेको छ इन्धनको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र भारतीय आयल कर्पोरेसनको मूल्य सूची निरन्तर बढेर आएकाले मूल्य समायोजन गर्नुपर्ने बाध्यता सिर्जना भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । ‘डलरको तुलनामा नेपाली रुपैयाँ अवमुल्यन हुँदै गइरहेको छ,’ उनले भने, ‘त्यसको प्रभावले पनि पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।’

मूल्य वृद्धि गर्दा पनि निगम घाटामा रहेको उपाध्याय बताउँछन् । ‘निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपि ग्याँसमा प्रति सिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा छ,’ उपाध्यायले भने ।

निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा पर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल बताउँछन्

अन्तराष्ट्रिय बजार मूल्य र भारतीय आयल कर्पोसनबाट प्राप्त भएको मूल्य सूचीको आधारमा मूल्य वृद्धि गर्न नेपाल आयल निगम बाध्य भएको उनको दाबी छ । संस्था संचालन गर्न र संस्थालाई मुनाफामा लग्न भन्दा पनि संस्थालाई चलायमान गर्न र घाटा घटाउनको लागि मूल्य वृद्धि गरिएको उनी बताउँछन् ।

यसरी निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा पर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल बताउँछन् । ‘सरकारले सार्वजनिक यातायातको भाडा दर नबढाएको ९ वर्ष बितिसक्यो तर, पेट्रोलियम पदार्थको भाउभने महिनै पिच्छे बढीरहेको छ,’ उनले भने, ‘समग्र हिसावमा हेर्दा ४० देखि ६० प्रतिशत भाडा वृद्धि गर्नु पर्ने देखिन्छ । सरकारले पटक–पटक भाडा बढाउनुपर्छ भन्ने तर कार्यान्वयन नगर्ने भइरहेको छ ।’

कोभिड–१९ को महामारी र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातको भाडा बढाउनै पर्ने उनको माग छ । ‘कोभिड महामारी, बढ्दो बजार मूल्य र पटक–पटक तेलको मूल्यमा वृद्धि हुँदा पनि सार्वजनिक यातायातको भाडा समायोजन नहुने हो भने यो सार्वजनिक सवारी साधन चलाउन निकै गाह्रो हुन्छ,’ उनले बताए ।

यसैगरी, इन्धनको मूल्य वृद्धि हुँदा एम्बुलेन्स सञ्चालनमा पनि समस्या भइरहेको संयुक्त एम्बुलेन्स चालक संघका महासचिव मुक्ति काफ्ले बताउँछन् । ‘एम्बुलेन्स प्रति किलोमिटर ३० रुपैयाँको हिसाबले चलेको हुन्छ । यसमा जाने आउने भाडा मात्र जोडिएको हुन्छ,’ उनले भने, ‘डिजेलको मूल्य वृद्धिले गर्दा चालकलाई तलब खुवाउन र एम्बुलेन्स बिग्रिएको खण्डमा बनाउन समेत गाह्रो परिरहेको छ ।’ त्यसैले एम्बुलेन्सको भाडा बढाउने भन्दा पनि अनियन्त्रित हिसावले पेट्रोलियम पदार्थको मूल्य नबढाउन उनको माग छ ।

यातायात व्यवस्था विभागको वैज्ञानीक भाडा सामायोजन भन्ने एउटा निति छ । २०६५ सालमा लागू भएको त्यो निति अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्यो वा घट्यो भने भाडा पनि समायोजन गर्ने भनिएको छ । तर, २०६९ साल यता त्यस्तो नभएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज महासचिव टोप बहादुर खत्री बताउँछन् । ‘२०६९ सालको भाडा दरमा अहिले पनि ट्याक्सी सञ्चालन गर्दा बैंकबाट ऋण लिएर ट्याक्सी सञ्चालन गरेकाहरुलाई व्यवसाय नै छोड्नु पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,