English

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

डा. बास्तोला यसअघि अस्पतालको प्रवक्ताको भूमिकामा थिए । उमेरहदका कारण डा. सागरराज भण्डारीले अवकास लिएसँगै डा. बास्तोला निर्देशकमा नियुक्त भएका हुन् । डा. बास्तोला सन् २००८ यता यस अस्पतालमा कार्यरत छन् ।

आजै निर्देशकको जिम्मेवारी सम्हालेसँगै डा. बास्तोलाले यस सरुवा रोग अस्पताललाई अझै व्यवस्थित बनाएर आम नागरिकलाई सहज रुपमा उपचार पाउने गरी व्यवस्थापन गर्ने बताए । ‘अहिले महामारीको बेलामा मात्र यस अस्पतालालाई सम्झिइन्छ,’ उनले भने, ‘अब सामान्य अवस्थामा पनि आमनागरिकले सरुवा रोग अस्पताल टेकुलाई सम्झने बनाउनेछु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested