English

हङकङद्वारा ४ प्रदेशलाई ४८० थान अक्सिजन सिलिण्डर सहयोग



हङकङका दुई संस्था हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउण्डेशनले संयुक्त रुपमा ४ सय ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । यी दुई संस्थाले झन्डै १ करोड रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर नेपाललाई सहयोग गरेका हुन् ।

फाउण्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणको सिलिण्डर चार प्रदेशका लागि नेपाल पठाइएको बताए । सिलिण्डर गण्डकी प्रदेशका लागि १२५, कर्णाली प्रदेशका लागि १२५, सुदुरपश्चिम प्रदेशका लागि ११० र बागमती प्रदेशका लागि ९० थान रहेको छ ।

नेपाल आइपुगेका उक्त सिलिण्डरहरु एनआरएन कोभिड–९१९ उच्चस्तरीय कमिटी मार्फत् वितरण हुनेछन् । दोश्रो चरणमा नेपालमा थप १० देखि १२ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको संस्थापक गुरुङको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती