English

आलुदम यसरी बनाउनुहोस् !



आलुको प्रयोग हामीले पकाउने अधिकांश तरकारीमा हुने गर्छ । तरकारी बाहेक पनि आलुका विभिन्न परिकार बनाएर खान सकिन्छ । जसमध्ये आलुदम पनि एक हो । घरमा बसेको यो फुर्सद समयमा आलुदम यसरी बनाएर खान सक्नुहुन्छ ।

आवश्यक सामाग्री

–आधा किलो उसिनेको स–सानो आलु
–चारवटा टमाटर
–हरियो धनियाँ, हरियो खुर्सानी, लसुन, अदुवा आवश्यक अनुसार
–रातो खुर्सानीको धुलो आवश्यक अनुसार
–प्याज एक वटा
–गरम मसला एक चम्चा
–स्वाद अनुसार नुन
–तेल
–बेसार
–जीरा र धनियाँको दाना

बनाउने विधि

–आलुदम बनाउनका लागि उसिनेको आलुको बोक्रा फाल्ने र आलुमा काँटा चम्चाले प्वाल पर्ने ।
–प्याजमा तेल, खुर्सानीको धुलो, बेसार र नुन राखेर आलु फ्राई गर्ने ।
–आलुको रङ खैरो हुँदासम्म फ्राई गर्ने ।
–अब हरियो खुर्सानी, लसुन, अदुवा र प्याज तेलमा फ्राई गर्ने र टमाटर पनि राख्ने यसरी राखेको टमाटर नगल्दासम्म पकाउने ।
–यसरी पकाएको मसला चिसो भएपछि मिक्सर वा खलीमा पिस्ने ।
–तेलमा धनियाँ र जिराको दाना पकाएर पिसेको मसला र आलु राख्ने ।
–सबै मिक्स गरिसकेपछि थोरै पानी राखेर ३ मिनेट पकाउने र हरियो धनियाँ राखेर निकाल्ने ।
–यसरी मीठो आलुदम तयार हुन्छ, यसलाई तपाईले खाना, रोटी र चिउरासँग खान सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested