English

भगवान श्रीरामको निधन कसरी भयो ?



बनबासपछि अयोध्या गएर भगवान श्रीरामले केही वर्ष शासन गरे । त्यसपछि त्यसपछि उनलाई गुरु वशिष्ठले उनलाई संसारबाट मुक्त हुने बेला आएको बताए । एक घटनापछि उनले सरयू नदीमा जल समाधि लिएका थिए । अश्विन पूर्णिमाको दिन मर्यादा पुरुषोत्तम रामले अयोध्या नजिक रहेको सरयू नदीमा जल समाधि लिएर प्राण त्यागे । श्रीरामले सबैको उपस्थितीमा व्रह्म मुहूर्तमा भरत, शत्रुघ्न, उर्मिला, माण्डवी र श्रुतिकीर्तिसँगै प्राण त्यागे ।

किन लिए जल समाधि ?

यमराजलाई यो थाहा थियो की? श्रीरामको इच्छाबिना कसनै पनि कुराको सम्भव छैन । त्यसैले यमराजले एउटा चाल चले । उनी एउटा विषय लिएर रामसँग कुरा गर्नका लागि गए । रामले कारण बुझ्दा यमराजले आवश्यक कुरा गर्नुपर्ने बताए । त्यसपछि रामले उनलाई आफ्नो कोठामा लगे । यमराजले रामलाई भने यदि कोही पनि हामीले गफ गर्दागर्दै कोठामा आयो भने त्यसलाई मृत्युदण्ड दिइनुपर्छ । यमराजको यो वचनपछि रामले आफ्ना आज्ञाकारी भाई लक्ष्मणलाई कसैलाई कोठामा प्रवेश गर्न नदिनु भन्दै कोठामा पसे । त्यहि बेला दुर्वासा ऋषिले लक्ष्मणलाई मलाई अहिले नै श्रीरामसँग भेट गर्नुछ भेटाइदेउ भने ।

लक्ष्मणले भित्र जान नमिल्ने कुरा सुनाउँदा उनले अयोध्या नष्ट हुने श्राप दिने भन्दै लक्ष्मणलाई श्राप दिन खोजे । त्यसपछि लक्ष्मण आफू भन्दा राज्य ठूलो हो भन्दै कोठामा पसे । रामले लक्ष्मण नै कोठमा आएको देखेपछि आश्चर्यचकित भए । रामले किन आयौ भन्दा उनले दुर्वासा ऋषिको कुरा बताए । यमराजसँगको कुरापछि राम दुर्वासा ऋषिलाई भेट्न गए । तर त्यो बेलासम्म यमराज आफ्नो कार्यमा सफल भइसकेका थिए । यमराजले वचनानुसार लक्ष्मणलाई मृत्युदण्ड दिन रामसँग आग्रह गरे ।

त्यसपछि उनले गुरु वशिष्ठसँग यसबारेमा कुरा गरे । ऋषि वशिष्ठले आफन्तको त्याग मृत्युदण्ड समान भएकोले लक्ष्मणलाई आफूबाट टाढा राख्न सल्लाह दिए । त्यसपछि लक्ष्मणले रामलाई प्रणाम गरेर सरयू नदीमा शेषनाग भएर विलिन भए । त्यसपछि आफ्नो पनि समय सकिएको भान भयो र रामले पनि सरयू नदीमै आफ्नो जलसमाधिबाट प्राण त्याग गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested