English

मोटोपन घटाउने ५ सरल उपाय



आधुनिक जीवन शैलीमा मोटोपन आम समस्या बनिरहेको छ । मोटोपन आफैँमा एउटा रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौँ रोगले घर बनाउन थाल्छन् । अस्वभाविक रुपमा शरीरमा अत्याधिकक बोसो जमेपछि विभिन्न रोगहरुले सताउन थाल्छ । चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटको समस्या, हार्मेनहरुको समस्या जस्ता रोगहरुको कारक मोटोपनलाई मानेको छ । त्यसैले तौल नियन्त्रण गर्न सके विभिन्न रोगबाट बच्न सकिन्छ ।

मोटोपना कसरी घटाउने भन्ने विषयमा नर्भिक इन्टरनेशनल अस्पतालकी डायटिसियन डा. प्रनीति सिंहको सुझाव यस्तो छ:

थोरै-थोरै गरी खाना खाने

यदि दिनमा तीनपटक खाना खाने बानी छ भने अलि रुटिन परिवर्तन गर्नुपर्छ । सुन्दा अचम्म लाग्न सक्छ । दिनमा तीनपटक नभएर कम्तीमा ६ पटक थोरै-थोरै गरी खाना खाँदा पनि तौल घट्न सक्छ । धेरै खाना खाँदा तौल बढ्ने सुनिएको हो । तर, दिनभरि धेरैपटक खाना खाँदा शरीरमा थप खाना बहन गर्न सक्दैन । यस्तो अवस्थामा बिल्कुलै खाना खान मन नपराउँदा पछि भोक नै लाग्दैन । बिस्तारै क्यालोरी घट्दै जान्छ ।

प्रशस्त पानी पिउने

पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ । महिलाहरुले २ देखि ३ लिटर पानी खान सक्छन् भने पुरुषहरुले ३ देखि ४ लिटर पानी पिउनु पर्छ । खाना खानु एक घण्टाअघि सधैँ पानी पिउनुपर्छ । खानाअघि पानी पिउँदा धेरै खाना खान मन लाग्दैन । पानीले नै पेट भरिएको हुन्छ । पेट भरेको अवस्थामा खाना रुच्दैन । जसले पनि तौल घटाउन मद्दत गर्छ ।

हिँडाइको गती बढाउने

दिनमा जति बढी हिडिन्छ त्यति नै क्यालोरी घट्दै जान्छ । धेरैजसो मानिसहरु शरीरको तौल घटाउन दुई घण्टा जिमखाना जाने र उठ्नेबित्तिकै आधा वा एक घण्टा हिँड्ने गर्छन् । यो तौल घटाउने सही योजना होइन । सामान्य तरिकाले पनि तौल घटाउन सकिन्छ । जस्तो अफिस वा कुनै कार्यालयमा जाँदा लिफ्ट वा विद्युतीय भ-याङ सकेसम्म प्रयोग नगर्ने । आफू जुन तलामा जाने हो, त्यहाँसम्म हिँडेर जाने राम्रो उपाय हो । यस किसिमको काम नियमित गरिरहँदा थाहा नपाई नै क्यालोरी घट्ने गर्छ ।

सही समयमा सुत्ने र उठ्ने

बेलुका सुत्ने र बिहान उठ्ने तालिका एकैनासको हुँदा पनि तौल घट्छ । निन्द्रा नपुगेको अवस्थामा अल्छि भइन्छ । त्यसबेला खाना खान मन लाग्दैन । शरीरमा खाना पर्याप्त नहुँदा थकित बनाउँछ । सही समयमा निदाउने र उठ्ने बानी गरेका व्यक्तिको खाना पनि रुच्ने र क्यालोरी पनि एकनासको बनिरहन्छ  । यो तालिका नियमित अपनाउँदा शरीरको तौल बिस्तारै घट्छ ।

हरियो सागपात र फलफूलको बढी प्रयोग

बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एकपटक पूर्ण शुद्धीकरण गर्नुपर्छ । शरीर शोधनको लागि सागपात एवं फलफूल धरै खानुपर्छ । सागपात एवं फलफूलमा प्रसस्त मात्रामा फाइबर हुने भएकोले थाहै नपाई बिस्तारै शरीरको तौल घट्दै जान्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested