English

खोप उपलब्ध नगराए हड्ताल गर्ने अखिल नेपाल औद्योगिक मजदूर संघको चेतावनी



अखिल नेपाल औद्योगिक मजदूर संघ बालाजुले औद्योगिक क्षेत्र बालाजु भित्र रहेका उद्योगहरु अपेक्षाकृत रुपमा बढी मात्रामा सञ्चालनमा आएको र त्यहाँ काम गर्ने मजदूरहरुले स्वास्थ्यका मापदण्डको पालना नगरेको भन्दै आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मजदूर संघले कोरोनाको प्रथम चरणको लकडाउनको समयमा भन्दा दोश्रो निषेधाज्ञाको समयमा यस क्षेत्रभित्र रहेका उद्योगहरु अपेक्षाकृत रुपमा धेरै सञ्चालनमा आएको र त्यहाँ काम गर्ने मजदूरहरु पनि टाढाबाट हिँडेर आउने भएको तर स्वास्थ्यका मापदण्ड पालना नगर्ने पाइएकोले अग्रपंक्तिमा काम गर्ने मजदूरहरुलाई खोपको व्यवस्था गरिदिन अनुरोध गरेको हो ।

आफ्नो विज्ञप्तीमा संघले बालाजु उद्योग विकास संघलाई छिमेकी राष्ट्र भारतबाट पनि उद्योगमा काम गर्न आउने मानिस रहेको र त्यहाँ काम गर्ने श्रमीकहरुलाई कोरोना खोप अनिवार्य उपलब्ध गराउने पहल गरिदिन अनुरोध गरेको छ ।

ज्ञापन पत्रमा यस बारेमा बारम्बार कुरा गरेपनि सरोकार वाला निकायले कुनै चासो नदेखाएको संघको गुनासो छ । त्यस्तै संघले यदि १५ दिन भित्र मजदूरलाई खोप उपलब्ध नगराए बाध्य भएर सामुहिक हढ्ताल गर्ने चेतावनी दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested