English

नायिका सुस्मा कार्कीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नायिका सुस्मा कार्कीलाई पुस्तक पढ्न धेरै मन लाग्छ । अझ निषेधाज्ञाको फुर्सदको यो बेला उनलाई पुस्तक पढ्ने समय पर्याप्त भएको छ । उनलाई अन्य रचनात्ममक कार्य गर्न पनि धेरै मन पर्छ । तपाई पनि यदि निषेधाज्ञाको यो बेला फुर्सदमा हुनुहुन्छ र के गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने पुस्तकहरु पढेर समय व्यतित गर्न सक्नुहुन्छ ।

नायिका सुस्मा कार्कीलाई मन पर्ने तीन पुस्तकः
श्रीमद्भगवतगीता

मैले पढेका पुस्तकहरुमा तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा श्रीमद्भगवतगीता पर्छ । यो पुस्तक पढेर मैले जीवन दर्शन के हो यसलाई कसरी सरल बनाउने भन्ने कुरा बुझेकी छु । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा देखाइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । यो पुस्तक एक पटक पढ्दा एउटा नयाँ कुरा सिकिन्छ भने अर्को पटक पढ्दा अर्को नयाँ कुरा सिक्न पाइन्छ । त्यसैले पनि यो पुस्तक सबैले एकपटक पढ्नैपर्छ ।

वेद

दोस्रो नम्बरमा वेदलाई लिन्छु । वेदमा जीवनमा लागू हुने सबै कुरा छ । हामी कहाँबाट आएका हौ कहाँ जानु छ र हामी के हौँ भन्ने कुरा बझ्न यो पुस्तक सबैले पढ्नै पर्छ ।

गरुड पुराण

यो गरुड पुराण घरमा राख्न हुँदैन, छोरी मान्छेले पढ्न हुँदैन भनिन्छ । मृतकको घरमा १३ दिनसम्म यो किताव पढिन्छ । पण्डितले ल्याएर पढेर फेरि फिर्ता लग्ने चलन हुन्छ । तर, यस पुस्तकमा भएको ३/४ वटा अध्याय पण्डितले पढ्न छुटाउँदा रहेछन् । मानिस जीवित हुँदा नै उसको सेवा गर्नुपर्छ मृत्यु पछि दिइएको कुराहरु उसले केही पनि पाउँदैन भनेर पुस्तकमा भनिएको छ । मैले पढेका मध्ये यो पनि एउटा उत्कृष्ट पुस्तक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested