English

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार हुँदै , भएको के हो ?



वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि जेठ २६ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएकोउनकी छोरी देवकी श्रेष्ठले बताइन् ।

‘केही समयअघि दायाँ फोक्सोमा पानी भरिएको थियो, त्यो बेला उपचारका लागि महिनादिनसम्म अस्पताल बस्नुभयो’, उनले भनिन्, ‘अस्ति राती श्वासप्रश्वासमा समस्या आयो भन्नुभयो, अस्पतालमा फोन गर्छु भन्दा पर्दैन भन्नुभएको थियो, उहाँ फोक्सोकै समस्या फेरि आएको हो कि भनेर डराउनु भएको छ ।’

May be an image of 1 person, standing and indoor

१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा.डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।

May be an image of one or more people

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । अहिले उनको श्वासप्रश्वासको स्थिती र मुटुको चाल स्थिर रहेको अस्पतालले जनाएको छ । जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested