English

साल्ट ट्रेडिङको छुट बिहान मात्र



सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रवारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।

छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट दिने बताउनु भएको थियो । दुई कम्पनीको बिक्री काउन्टरबाट मात्र खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशत छुट कार्यान्वयन भएको भन्दै विभिन्न आलोचना समेत हुन थालेको थियो ।
साल्ट ट्रेनिङ कर्पोरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो । कम्पनीले दुई किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ । छुटपछि अब पिठोको मूल्य ४४ रुपैयाँ , चिनीको मूल्य ६३ रुपैयाँ, नून १६ रुपैयाँ, तेल प्रतिलिटर १८८ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर एक हजार १२० रुपैयाँमा बिक्री गरिएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामलं) मा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested