English

राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्



दोस्रो लहरको कोरोना संक्रमणका कारणले निषेधाज्ञा जारी छ । मान्छेहरु घरमै दिन बिताइ रहेका छन् । यस्तो अवस्थामा असहज महसुस, मनोपिडा, चिन्ता, डर, बेचैन जस्ता समस्या देखिन सक्छ । जसकारणको प्रत्यक्ष असर निद्रामा परिरहेको हुन्छ । त्यसैले राती अबेरसम्म निद्रा नलाग्ने, बिच बिचमा निद्रा खुल्ने जस्ता समस्या देखिन्छन् । यी समस्याबाट बच्नका लागि मनोविश्लेषक वासु आचार्यको सुझाव यस्तो छ :

– धेरै नआत्तिने, चिन्ता नलिने ।

– चिन्ता हटाउनका लागि बिहान बेलुका योग तथा व्यायाम गर्ने ।

– प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने ।

– निद्रा लागेन भनेर त्यसैमा चिन्ता नलिने ।

– राति अबेरसम्म ४–५ दिनसम्म पनि निद्रा लागेन भने चिकिस्तकको सल्लाहअनुसार औषधि सेवन गर्ने ।

– आफूलाई निद्रा नलाग्ने कारक तत्व के हो त्यसको पहिचान गरेर समाधान गर्ने ।

– आत्मबल बढाउने ।

– सुत्नुअघि मनतातो पानीमा हल्का नुन राखेर १० देखि १५ मिनेट खुट्टा डुबाउँदा पनि निद्रा लाग्न मद्धत गर्छ ।

– सुत्नुअघि आफूलाई मनपर्ने पुस्तक पनि पढ्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested