English

गायिका एलिनाको नजरमा पाँच पुरुष



पछिल्लो पुस्ताकी चर्चित गायिका हुन– एलिना चौहान । ‘इन्स्टाको फोटो’ को कभर गीत गाएर चर्चामा आएकी चौहानले यो अवधिमा थुप्रै गीत गाइसकेकी छिन् । के माया लाग्छ र, पानी पँधेरो, मेरो परान, मिनिरल वाटर लगायत उनका दर्जनौ गीत चर्चाको शिखरमा छन् । उनले आफूलाई मन पर्ने ५ पुरुषलाई यसरी सम्झन्छिन् ः

नाजिर हुसेन

मलाई मनपर्ने पुरुष छान्नुपर्दा सबैभन्दा सुरुमा अभिनेता नाजिर हुुसेन पर्नुहुन्छ । उहाँको अभिनयको म फ्यान हुँ । साथै, उहाँको साधारण जीवनशैली मनपर्छ ।

अनमोल के.सी.

अनमोल के.सी. एकदमै स्मार्ट र ह्याण्डसम लाग्छ । उहाँका फिल्म अधिकांश हेरिसकें । उहाँको अभिनय र चक्लेटी मुहार साह्रै मनपर्छ ।

अरमान मालिक

बलिउड गायक अरमान मालिक मलाई मनपर्ने गायक हो । उहाँले गाएका केही गीतहरुको शब्द–शब्द मलाई याद छ । मैले उहाँका धेरै गीत सुनेको छु । त्यसैले मैले उहाँलाई नछान्ने कुरै भएन ।

सलमान खान

अभिनेता सलमान खानको अभिनय साह्रै मनपर्छ । त्यसैले मलाई मनपर्ने पुरुष उहाँ पनि हो । मैले उहाँका अधिकांश फिल्म हेरेको छु ।

शाहरुख खान

चर्चित बलिउड अभिनेता शाहरुख खान मलाई असाध्यै मनपर्छ । मैलै सानैदेखि उहाँको फिल्म हेर्ने गरेको छु र उहाँको एक्टिङ राम्रो लाग्छ । प्राय सबै फिल्म मनपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested