English

६० देखि ६४ वर्ष उमेरसमूहले पाउने भए कोभिड खोप, जेठ २५ गतेबाट लगाइने



६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई जेठ २५ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप उक्त उमेरसमूहका नागरिकलाई दिइने भएको हो ।

यस्तै, चीनसँग सीमा जोडिएका हिमाली जिल्लाका १८ वर्षभन्दा माथि उमेरसमूहका नागरिकलाई पनि भेरोसेल लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ‘दोस्रो डोजको सुनिश्चितता गरेरै भेरोसेल खोप दिन लागेका हौं,’ उनले भने ।

चीनले दिने भनेको १० लाख डोज खोपमध्ये आज ९ लाख डोज नेपाल आइपुगेको छ । बुधबार थप १ लाख खोप आउने मन्त्रालयले जनाएको छ ।

यसअघि भेरोसेल खोप ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भन्दै नेपालमा ५९ वर्षसम्मका नागरिकलाई दिइएको थियो । यद्यपि, केही दिन अघिमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६० वर्षभन्दा माथि उमेरसमूहलाई पनि भेरोसेल लगाउन मिल्ने जनाएसँगै यो समूहलाई खोप दिन लागिएको पौडेलले जानकारी दिए ।

‘यसअघि डब्लुएचओले ५९ वर्षसम्मका नागरिकलाई भेरोसेल दिन सकिने भनेको थियो,’ उनले भने, ‘तर, अहिले ६० वर्षभन्दा माथिकालाई पनि दिन मिल्ने भनेको र खोप सल्लाहकार समितिले पनि लगाउन मिल्छ भनेपछि यस्तो निर्णय गरेका हौं ।’

नेपालमा ६० वर्षभन्दा माथिका नागरिकको संख्या ८ लाख ५५ हजार रहेको डा. पौडेलले जानकारी दिए । साथै, खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान उनको अनुरोध छ ।

यसैगरी, खोप केन्द्र तोक्नका लागि सम्बन्धित जिल्ला समन्वय समितिलाई जिम्मा दिइएको डा. पौडेल बताउँछन् । ‘खोप केन्द्र तोक्न जिल्ला समन्वय समितिलाई अधिकार दिइएको छ,’ उनले भने, ‘आज भोलि नै त्यसको टुंगो लाग्नेछ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested