English

घट्दै संक्रमित, एकैदिन ९ हजार ८४१ जनाले जिते कोरोना



नेपालमा एकैदिन ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौं उपत्यकामा २ हजार ३ सय २४ जना संक्रमित थपिएका छन् ।

आज ९६ जना कोरोना संक्रमितको निधन भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

नेपालमा हाल १ लाख १३ हजार ३ सय ९४ जना संक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ५ हजार ४ सय ४४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, १ हजार ६ सय २७ संक्रमितको आईसियूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २० हजार १ सय १० नमूना परीक्षण भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र