English

लमजुङ नै केन्द्रबिन्दु बनाएर फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प



लमजुङ नै केन्द्रबिन्दु बनाएर फेरि ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि लमजुङकै भुलभुले आसपास भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको र फेरि ८ बजेर २६ मिनेटमा लमजुङ नै केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले लमजुङका ढुंगा माटोले बनेका घर भत्किँदा हालसम्म ४ जना घाइते भएको जानकारीमा आएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले जानकारी दिए ।

‘हालसम्म ढुंगा माटोबाट बनेका ८–१० वटा घर भत्किएको जानकारी हामीलाई प्राप्त भएको छ साथै अन्य थुप्रै घर चर्किएका छन्,’ उनले भने, ‘अझै धेरै घरहरु भत्किएका वा चर्किएका हुन सक्छन् हामी अहिले फिल्डमै छौं ।’

लमजुङमा बिहानदेखि नै साना–साना पराकम्पको महशुस भइरहेको लुईटेलले जानकारी दिए । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकासहितका केही जिल्लामा महशुस भएको थियो् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested