English

नेपालमा एकैदिन ५ हजार ७ सय ६७ जनाले जिते कोरोना



नेपालमा एकैदिन ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । यो कुल संक्रमितको ७४.४३ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ३ हजार ९८ जना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये काठमाडौंमा २ हजार ३ सय ४६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २ सय १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

हाल नेपालमा १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा र ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन् ।

आज १ हजार २ सय ५९ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested