English

यसरी बनाउनुस् भान्टाको अचार



भान्टा हाम्रो भान्सामा तरकारीको रुपमा पाकिरहेको हुन्छ । तर, यसलाई अचार बनाएर पनि खान सकिन्छ । यसको अचारमा फरक स्वाद पाउन सकिन्छ । त्यसैले घरमै भान्टाको अचार कसरी बनाउने भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

आवश्यक सामग्री

– आवश्यकता अनुसार भान्टा

– लसुन

– आवश्यक अनुसार खुर्सानी (सुकेको वा हरियो), तेल, नुन, बेसार, हरियो धनियाँ

– सिलौटा

बनाउने विधि

– भान्टामा सानो–सानोप्वाल पार्नुहोस् र पोल्नुहोस् ।

– छिल्का निकालेको लसुन र खुर्सानी तेलमा भुट्नुहोस् र बेसार राखेर निकाल्नुहोस् ।

– भुटेको लसुन, खुर्सानी, हरियो धनियाँ, स्वाद अनुसार नुन सिलौटामा पिस्नुहोस् ।

– पिसेको सामाग्रीमा पोलेको भान्टा पनि पिस्नुहोस् ।

– अब तयार भयो भान्टाको अचार यसलाई खानासँग खान सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested