English

‘आमा बन्न पाउँदा उत्साहित छु’



अभिनेत्री ऋचा शर्मा आफू आमा बन्दै गरेको कुरा केही समय अघि सामाजिक सञ्जालमार्फत खुलाएकी थिइन् । त्यो सँगै उनलाई बधाई तथा शुभकामनाको ओइरो लाग्यो । २०७६ साल मंसिर ११ गते दिपेक्षविक्रम राणासँग विवाह गरेकी शर्मासँग मेरोलाइफस्टाइलले गरेको ‘गर्भ वार्ता’:

आमा बन्दै हुनुहुन्छ, कस्तो महशुस भइरहेको छ ?

एकदमै खुसी र गर्व महशुस भएको छ । आमा बन्न पाउनु महिलाको सौभाग्य हो । मैले पनि यतिबेला नयाँ जीवनलाई गर्भमा हुर्काइरहेको छु । यो बेला आमाको माया कस्तो हुँदो रहेछ भन्ने अनुभव गर्ने मौका पाएकी छु । त्यसैले उत्साहित छु ।

छोरा वा छोरी के भइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ ?

मेरो पहिलो बच्चा हो । मलाई छोरा वा छोरी जे भए पनि हुन्छ ।

पौष्टिक आहार के–के खादै हुनुहुन्छ ?

घरमा पाक्ने प्रायः खानेकुरा पौष्टिक नै हुन्छ । घरमा पाकेको ताजा, मौसम अनुसारको हरियो तरकारी, माछा, मासु, दुध र दही नियमित खान्छु । दिउँसो भोक लागेमा दही र फलफुल खान्छु । मलाई दाल भात तरकारी एकदमै मन पर्छ । यस्तै, नट्सहरु पनि खाइरहेको छु ।

नियमित गर्भ जाँच गराउनुभएको छ कि छैन ?

निषेधाज्ञामा हुनु अगावै गर्भ जाँच गराई सकेको छु । अहिले कोरोना फैलिरहेकाले चिकित्सकले अस्पताल नआउनु भन्नु भएको छ । तैपनि, डाक्टरसँग नियमित सम्पर्कमा छु । रगत वा अन्य केही जाँच गर्न परेमा घरमै बोलाउँछु ।

गर्भवती भइसकेपछि के–कस्ता शारीरिक परिवर्तन देखा परेका छन् ?

मलाई अहिलेसम्म अरुले भनेको जस्तो गाह्रो भएको छैन । पहिलो तीन महिनामा मैले नियमित काम गरेँ । आफ्नै होम प्रोडक्सनको एउटा फिल्म र एउटा वेब सिरिज बनाएँ । त्यसैले खासै समस्या त भएको छैन । तैपनि, यस्तो बेला विभिन्न परिवर्तनहरु चाहिँ देखा पर्ने रहेछ । सुरुसुरुमा खानामा अलिअलि अरुची थियो त्यसकारण तीन महिनामा तीन–चार किलो तौल पनि घटेको थिएँ । अरु सामान्य छ ।

यस्तो अवस्थामा गर्भवती महिलाले के–के गर्नुपर्ने रहेछ ?

अहिले देश महामारी विरुद्ध लडिरहेको अवस्था छ । सामाजिक सन्जालहरुमा विभिन्न भ्रामक र त्रसित समाचारहरु आइरहेका छन् । जसले गर्दा विशेषगरी गर्भवती महिला यस्तो अवस्थामा सामाजिक सन्जालबाट टाढा बस्दा नै राम्रो हुन्छ । किनभने गर्भवती महिलाले धेरै चिन्ता लिनु हुँदैन । यसैगरी गर्भावस्था सामान्य छ भने विभिन्न योगाहरु गरेर, घरभित्रै हिँडेर पनि समय शरीरलाई चलायमान गराउन सकिन्छ ।

दिनहरु कसरी बिताउँदै हुनु हुन्छ ?

परिवारसँग रमाइलो गर्छु । रमाइलोका लागि लुडो खेल्छौं, तास पनि कहिलेकहिँ खेल्छौं । लकडाउन हुनुभन्दा अघि २०, २२ वटा किताब किनेर ल्याएको थिएँ । अहिलेसम्म २, ३ वटा किताब पढेर सकिसकेँ । कहिले भजन सुन्छु, गीत सुन्छु, शारीरिक अभ्यासका लागि घरभित्रै डुल्छु । यसरी नै अहिलेसम्म दिन बितिरहेको छ ।

कोरोना महामारीमा आफूलाई कसरी सुरक्षित राख्नु भएको छ ?

निषेधाज्ञा जारी छ । घरबाट कहीँ निस्किएको छैन, कसैसँग भेटेको छैन, स्वास्थ्य मापदण्ड पालना गरेको छु ।

डेलिभरी डेट कहिलेको छ ?

चिकित्सकले भदौ वा असोज हुनसक्छ भन्नुभएको छ ।

बच्चाको नाम के राख्ने सोच्नुभयो ?

छोरा भएमा यो राखम् छोरी भए यो राखम् भन्ने परिवारमा सल्लाह त भइरहेकै छ । आफन्तहरुले पनि नाम सिफारिस गरिरहनुभएको छ । तर, मैलै सोचेको छैन । परिवारले नै सल्लाह गरेको तीन चार वटा नाम छन् सबैको चित्त बुझ्ने नाम राख्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested