English

आमाका लागि घरमै बनाउनुहोस् यी परिकार



मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाप्रति सम्मान र आदर व्यक्त गर्दै यो पर्व मनाइन्छ । आमालाई मीठा–मीठा परिकार खुवाइन्छ । यद्यपि कोरोना संक्रमणका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । पसल, बजार सबै बन्द छन् । त्यसैले यस्तो अवस्थामा घरमै विभिन्न परिकार पकाएर आमालाई खुवाउन सकिन्छ । ती परिकार के–के हुन सक्छन् ? यहाँ चर्चा गरिएको छ ।

जेरी

जेरी एक मिठाईको परिकार हो । यो परिकार मैदा र चिनीको घोलबाट तयार गरिन्छ । यसलाई घरमै सजिलै बनाउन सकिन्छ । यसका लागि सुरुमा मैदाको घोल तयार गरिन्छ । त्यसपछि तातो तेलमा घुमाइ–घुमाइ जेरी तयार गरिन्छ । उक्त जेरीलाई चिनीको घोलमा डुबाएर केही समय राखिन्छ । यसरी घरमै बनाएको जेरी फ्रेस र स्वस्थ हुन्छ ।

रसवरी

रसवरी पनि मिठाईको एक परिकार हो । यसलाई दुघ फटाएर निस्किएको छोक्राबाट बनाइन्छ । यो पनि सजिलै घरमा बनाउन सकिन्छ ।

खुवा

खुवा बनाएर पनि आमालाई खुवाउन सक्छौं । यो परिकार दूधबाट बनाइन्छ । यो स्वास्थका लागि एकदमै राम्रो परिकार हो । यो परिकार बनाएर आमाको कोशेलीमा समावेश गर्न सकिन्छ ।

खीर

खीर पोषणयूक्त खाना हो । दूध र चामलको मिश्रितमा चिनी र विभिन्न नट्सहरु मिसाएर खिर पकाइन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

लस्सी

लस्सी दूधजन्य प्रदार्थबाट बनाइने एक परिकार हो । अहिले गमी मौसममा घरमै लस्सी बनाएर आमालाई खुवाउन सकिन्छ । यो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ ।

पुरी

गहुँको पिठोबाट बनाइने रोटीको परिकार हो । यसलाई तेलमा तारेर बनाइन्छ । आमाको मुख हेर्ने कोशेलीमा यसलाई पनि समावेश गर्न सकिन्छ ।

आलुको अचार

आलुको अचार प्राय सबैलाई मन पर्न सक्छ । उसिनेको आलुमा तील, कागतिको रस, केराउ, काँक्रो लगायतका विभिन्न वस्तु मिलाएर बनाउन सकिन्छ । यसलाई खीर तथा पुरीसँग मिलाएर आमालाई खुवाउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested