English

हङकङकी एदाले मनास्लुमा बनाइन् नयाँ स्पिड कीर्तिमान



हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया एदाले ८१६३ मिटर अग्लो मनास्लु हिमाल आधार शिविरदेखि चुचुरोसम्म १८ घण्टा ५३ मिनेटमै पुगेर यो कीर्तिमान कायम गरेकी हुन्।

पायोनिर एडभेन्चरका आरोही डुक्पा शेर्पाका अनुसार, एदा सेप्टेम्बर २२ सोमबार साँझ ६ः०३ बजे आधार शिविरबाट हिँडेर मंगलबार दिउँसो १२ः५६ बजे चुचुरोमा पुगेकी थिइन्।

‘यो आरोहण रेकर्डका लागि मात्र थिएन। मलाई चुनौती मन पर्छ र यसले मेरो क्षमता अझ प्रष्ट बुझ्न र निखार्न मद्दत गर्छ।” एदाले आधार शिविर झरेपछि भनिन्, ‘फुर्वा र निमा मलाई असाध्यै मनपर्ने आरोही हुन्, उनीहरुसँग केही चुनौतीपूर्ण काम गरौं भन्ने थियो, उनले थपिन,‘स्पिड आरोहणले मलाई आफ्नो सिमाना फराकिलो बनाउन मद्दत गर्छ’

एदा सन् २०१७ मा सगरमाथा आरोहण गर्ने पहिलो हङकङेली बनेकी थिइन्। सन् २०२१ मा उनले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरी महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी थिइन्, जुन रेकर्ड २०२४ मा नेपालकी फुन्जो जाङ्बो लामाले १४ घण्टा ३१ मिनेटमा तोडेकी थिइन्।

एदाको मनास्लु अभियान ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन र पायोनिर एण्डभेन्चर्सको सहकार्यमा सम्पन्न भएको हो। अभियानमा गिनिज रेकर्डधारी निमा ग्याल्जेन शेर्पा, फुर्वा तेन्जिङ शेर्पा र तेन्जी शेर्पा सहभागी थिए। फुर्वा तेन्जिङले बिना कृत्रिम अक्सिजन नै मनास्लु स्पिड आरोहण सफलतापूर्वक सम्पन्न गरेका थिए।

यस अभियानमा इटालीका दाभिदे पेलुज्जी र बेलायतकी रोजिता बुद्धाचार्यले मौसम सम्बन्धी जानकारी संकलनमा सहयोग गरेका थिए। यसअघि २०२२ मा ताइवानकी ग्रेस चेङले १३ घण्टामा मनास्लु आरोहण गरेको दाबी गरेकी थिइन्, तर पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेपछि उनको दाबी विवादास्पद बनेको थियो।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested