English

आइतवारबाट एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ कार्यक्रम



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिभ नेपाल क्याम्पियन’ अभियान सञ्चालन गर्ने भएको हो ।

यो कार्यक्रम वैशाख २६ गते (आइतवार) बाट शुरु हुनेछ । यसबाट परामर्श लिन कोरोना संक्रमितले २११११२११११ नम्बरमा भाइबरबाट नाम दर्ताका लागि म्यासेज पठाउन सक्नेछन् । सोही म्यासेजको आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

भाइबरमा म्यासेज पठाउँदा बिरामीको नाम, उमेर र ठेगाना अनिवार्य खुलाउन पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

कार्यक्रमको शुरुवातमा पाँच जना डाक्टरबाट परामर्शको गरिने महासंघले जनाएको छ । जसका लागि विहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजे सम्मका लागि समय छुट्याएको छ ।

हेल्लो डाक्टर मार्फत् सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोरोना संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested